जीप दुर्घटनामा पांच यात्रुको मृत्यु

Udayapur Districtउदयपुर ११ कात्तिक । उदयपुरको पटनाभञ्ज्याङमा यात्रु बोकेको जीप दुर्घटना हुंदा पांच यात्रुको मृत्यु भएको छ । दुर्घटनामा दश यात्रु घाईते भएका छन् ।

कटारीबाट घुर्मी जांदै गरेको ना १ ज १७६ नम्बरको टाटासुमो जीप सिरिसे–९, पटनाभञ्ज्याङमा आइतबार राति करिव साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मृत्यु हुनेमा खोटाङ जिल्ला विजयखर्क–९ का ७२ बर्षीय नारायणप्रसाद पोखरेल, बाक्सिला–४ का ३० बर्षीय बालकुमार खत्री, उदयपुर जिल्ला लेखानी–२, घुर्मी बजारकी २४ बर्षीया सरिता रानामगर, सोलुखुम्बु जिल्ला बेलघारी–८ का ६९ वर्षीय बद्रीचन्द्र राई र ७६ वर्षीय तीर्थ बहादुर राईको मृत्यु भएको छ ।

दुर्घटनामा उदयपुर हर्देनीका २३ वर्षीय घमण्ड परियार, राजन परियार, ६ वर्षीया भूमिका परियार, कटारी–६ का खेमराज बस्नेत, सोलु नेचाकी ६६ वर्षीया पञ्ची सुब्बा, ३६ वर्षीय देवराज राई, खोटाङ बुईपाकी ७३ वर्षीया तुलसा खनाल, ६ वर्षीय निशान खनाल , ओखलढुगाका ३५ वर्षीय मोहन श्रेष्ठ घाइते भएका छन् । घाईतेको विराटनगरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया