पुष्प मेलामा २२ लाख कारोबार

काठमाडौं, ११ कात्तिक । तिहार पर्वलाई लक्षित गरि गत ८ कात्तिक देखी शुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक मेला आइतबार सम्पन्न भएको छ ।

मेला अवधि करिब २२ लाखको कारोबार भएको अनुमान गरिएको छ । उक्त प्रदर्शनी तथा व्यापार मेलामा काठमाडौ उपत्यका भित्रका बिभिन्न नर्सरीहरुले प्रतियोगितामा ६ वटा नर्सरी, बिक्री बितरणमा २४ वटा नर्सरी तथा सुचनामुलक प्रदर्शनीमा ५ वटा संघ संस्था संस्था र पहिलो पटक गोदावरी कट फ्लावर भेराईटीको १ वटा स्टल सहित सहभागिता रहेको थियो । मेलामा सहभागि भएका नर्सरी हरुले प्रति दिन कम्तिमा ५ हजार ५ सय देखि ६५ हजारसम्मको फूल बिरुवा बिक्री बितरण गरेको कार्यक्रम संयोजक जेबि तामाङले बताए ।
प्रदर्शनी अवधि भरिमा २२ हजार ३ ५० भन्दा बढि दर्शकहरुले अवलोकन भएको उनले बताए । तिहार पर्वमा घर आगन सजाई आकर्षक बनाउने फूल पारखीहरुका लागि यस मेला तथा प्रदर्शनीले महत्वपुर्ण सहयोग पुर्‍याएको छ ।

प्रतिक्रिया