मत-विमत

अव जनताको पालो

सौर्य अनलाइन २०७० कार्तिक ९ गते २३:२० मा प्रकाशित

janardan_paudel_aavasनेताको ६ वर्ष जनताको एक दिन । कहिले सासूको पालो, कहिले बुहारीको पालो भनेझैँ एकदिन भए पनि बुहारीको पालो आएको छ । तसर्थ ६/७ वर्षलाई पुग्ने गरी पालोको पैँचो फेरौँ । अब निर्णय गर्ने पालो जनताको । आगामी ४ मंसिरसम्म जनता सर्वोपरि, त्यसपछि फेरि ५/६ वर्ष नेता नै सर्वोपरि हुनेछन् । हिजो बाटोमा सँगसँगै हिँड्दा न नचिनेझैँ गरी हिँड्ने नेता आज ओहो भाइ के छ ? नमस्कार है ? अनि घरतिर गाँउँतिरको हालखबर के छ त ? भन्दै छन्, धाप मार्दै छन्, एउटै आमाको गर्भबाट जन्मेको झँै आत्मीयता प्रदर्शन गर्दै छन्, अँगालो मार्दै छन् ।
यो सब भोटका लागि । किनकि उसलाई आगामी संविधानसभाको सदस्य बन्नु छ । आफू निर्वाचनमा विजय हुन वर्षौं गाउँ नफर्किएका नेता पनि जनताको घरदैलोमा झुल्किएका छन् । गोरु बेचेको साइनोसमेत सोझ्याउँदै छन् । एक जना नेता यसपालि दसँैमा आºनो मित छोराको, फुपाजुको सालोको मामाको छोराको भिनाजुकोमा टीका प्रसाद ग्रहण गर्नसमेत गए । हुन त टीका लगाउन हिँड्दैमा जनताले भोट दिइहाल्ने स्थिति छैन । किनकि एक्काइसाँै शताब्दीका जनता फकाएर फकिनेवाला छैनन् । जनताले विभिन्न व्यवस्था भोगेर आइसके, विभिन्न नेता फेरिसके । सबै दलले चलाएका सरकार पनि हेरिसके । यस्तो अवस्थामा त्यस्तो खालको नेताले मात्र जनताबाट भोट प्राप्त गर्दछ । जो दु:ख—सुखमा सदैव आºना जनतामाझ रहिरह्यो, जसले आºनो ठाउँको विकास गरेको छ । ‘मेरा बाजेले घ्यू खाएका थिए, मेरा हात सँुघ–सुँघ’ भनेझैँ, मैले यति वर्ष संघर्ष गरेँ, मैले यति वर्ष क्रान्ति गरेँ, भनेर क्रान्तिका कथा सुनाउँदै भोट झर्नेवाला छैन । अहिले जनताको भोट प्राप्त गर्न त अहिल्यै काम गरेको हुनुपर्छ । गरेर देखाउनुपर्ने हुन्छ । फुस्रा आश्वासन र झुटा नारा दिएर संविधानसभा सदस्य हुँला भनेर कुनै पनि प्रतिनिधिले नसोचे पनि हुन्छ ।
स–सानो काममा पनि नेताको पछि लाग्ने र आवश्यकता महसुस गर्न सिधासाधा नेपाली जनताका हरेक पाइलामा हरेक मुस्किलमा, दैनिक जीवनका कार्य जस्तै: आर्थिक, सामाजिक, राजनीतिक र विकासका कार्यमा हातेमालो गरी हिँडेका प्रतिनिधिलाई मात्र मतदाताले मत दिनेछन् । टाटामोबाइलमा कार्यकर्तासँगसँगै झुन्डिएर चुनाव प्रचार–प्रसारमा हिँड्ने, अनि जनताको घरदैलोमा जे पाक्छ त्यही खाने, जनता जहाँ सुत्छन् त्यहीँ सँगसँगै सुत्ने उमेदवारलाई जनताले भोट दिनेछन् । संविधान बनाउनका लागि निर्वाचन गर्न खोजिएको भए पनि देशभरका आमजनताले यसलाई विकाससँग पनि तुलना गरिरहेका छन् ।
वास्तवमा यो गरिब र अविकसित मुलुकका जनताको बाध्यता पनि हो । सडक नभएको ठाउँमा संविधानको तुलनामा सडकको बढी आवश्यकता महसुस हुन्छ, पानी नभएको ठाउँमा संविधानभन्दा पहिला पानीको आवश्यकता हुन्छ, अझ भनौँ दुईछाक खान नपाउने ठाउँका जनताका लागि संविधानभन्दा एक बोरा चामल कसैले किनेर दिन्छ भने त्यही ठुलो हुन्छ । तर, जतिसुकै बाध्यता भए पनि आºनो भाग्य आफैँ कोर्न यस घडीमा एक बोरा चामलमा अलमलिनुहुन्न । एक बोरा चमलमा अल्मलिनुभन्दा पूरा भकारी नै उब्जाउनतिर लाग्नुपर्छ ।
अब त नेपाली जनता पनि धेरै सचेत भइसकेका छन् । अबका जनताले मतदान गर्नुपूर्व कुन दल हो ? कस्तो प्रतिनिधि हो ? र त्यो दलको एजेन्डा कस्तो छ ? यी सबै बुझेर मात्र मतदान गर्नेछन् । जनता आँखा चिम्लेर कुनै पनि दललाई विश्वास गर्न विचारमा छैनन् । यसै क्रममा जनताका विचार एकदमै मिश्रित देखिएका छन् । कोही नयाँ दललाई रोज्दै छन् , कोही पुरानै दललाई मत दिने विचार गर्छन् भने कोहीचाहिँ नयाँ–पुरानो दुवैलाई प्रत्यक्ष र समानुपातिकमा मिलाएर मत दिने विचारमा देखिन्छन् ।
यसका साथै कोही उम्मेदवार कस्ता छन् भनेर बुझेर मत हाल्ने विचार गरेका छन् भने कोही दलको एजेन्डा हेरेर मत हाल्ने विचारमा छन् । तर, जनतामा यति धेरै चेतना हुँदाहुँदै पनि सबै जनताले बुझ्नुपर्ने कुराचाहिँ के हो भने यहाँ रातारात राँगा–भैँसी कुखुरा काटेर खसीको मासु चिउरा खुवाएर पनि परिवर्तन हुने भोटहरू छन् जसले निर्वाचन परिणामलाई अपेक्षाकृत उल्टो बनाउने गरेको छ । एकछाक जिब्रोको स्वादले गर्दा आफ्नो भविष्य नै अन्धकारमा धकेल्न पछि पर्दैनन् गरिब नेपालीहरू । यसरी आºनो इमान नबेचाँै आºनो इमान बेचेर आºना सन्तति र भावी इतिहासको खिल्ली नउडाऊँ । विशेष गरी दलित तथा जनजातिका भोट यसैगरी किनबेच हुन्छ, कतै पैसाको लोभमा कतै खानाको लोभमा त कतै विभिन्न अन्य प्रलोभनमा । जसले दलित तथा जनजातिको इज्जत मान प्रतिष्ठा र स्वाभिमानप्रति हरेक निर्वाचनमा खिल्ली उडाइरहेको छ । तसर्थ खबरदार यदि हामी दुई चौटा मासु र एक गिलास रक्सीमा बिकेर आºनो र आºना सन्ततिको भविष्यमाथि खेलबाड गर्‍यौँ भने त्योभन्दा नराम्रो के नै होला ? यसरी नै बिकाउको ट्याग भिरेर आफ्ना सन्ततिको भविष्यमा बन्चरो हान्दै जाने हो भने हामी युगाँै युगसम्म दलितको दलित हुन्छाँै, गरिबको गरिब नै हुन्छौँ, दलित र गरिबबाट कहिल्यै माथि उठ्न सक्दैनौँ ।
अन्त्यमा आमनेपाली जनतालाई अपिल गर्न चाहन्छु कि स्वविवेक प्रयोग गराँै । कसैले भड्काएको भरमा नलागौँ, कसैको प्रलोभनमा नलागाँै । जनता एकदमै स्वविवेक छन्, आºनो भविष्यको रूपरेखा आफँै कोर्न सक्षम छन् ।
विवेक प्रयोग गरेर सही उम्मेदवार र दललाई चुनाँै । कुन्द्रे र मुन्डले सयौँको संख्यामा प्रयोग गरी पजेरो चढेर गाउँ आउने अनि जितेपछि एकपटक पनि गाउँ नफर्किने उम्मेदवारलाई पराजित गरौँ । आºनै गाउँ–ठाउँ सहरको माया गर्ने, मुलुकलाई संविधान दिन सक्ने आस्थाको राजनीति गर्ने उम्मेदवारलाई विजय गराआँै । किनकि अब निर्णय गर्ने पालो जनताको हो, जनता जनार्दन नै सबैथोक हुन् । हतारमा गल्ती गर्ने फुर्सदमा पछुताउने काम नगरौँ, तपाईंले दिएको अमूल्य मतको सदुपयोग होस् । मुलुकले संविधान पाओस् सबै नेपालीलाई अग्रिम शुभकामना †

प्रतिक्रिया