पुष्प व्याबसायमा ५० प्रतिशत अनुदान

flowerकाठमाडौं, ९ कात्तिक । सरकारले पुष्प व्यावसायलाई व्याबसायीक खेतिको रुपमा विकास गर्न कृषकहरुले परियोजना ल्याए लगानीको ५० प्रतिशतसम्म रकम अनुदान उपलब्ध गराउने कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले बताएका छन् ।

कृषि विकास मन्त्रालय अन्तर्गतको व्यवसायीक कृषि तथा व्यापार आयोजनाले पुष्प खेतीलाई प्राथमिकतामा राखेर अनुदानको व्यवस्था गर्न लागेको उनले बताए । शुक्रबार ललितपुरमा सातौं राष्ट्रीय गोदावरी पुष्प प्रतियोगितात्मक मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै सचिव खनालले पुष्प खेतीलाई व्यवसायीक बनाउन सरकारले कुनै कञ्जुस्याईं नगर्ने आश्वासन दिएका छन् । ‘गोदावरी फुलको खेती, गरौं आर्थिक सम्वृधि’ भन्ने मुल नारासहित कृषि बिभाग, कृषि व्यवसाय प्रबद्र्धन कार्यक्रम मुख्य आयोजक र फ्लोरिकल्चर एशोसिएसन नेपालको सह आयोजनामा शुरु भएको मेला आईतबार सम्म सञ्चालन हुनेछ ।
त्यस्तै कृषि विभागका महानिर्देशक लिलाराम पौडेलले नेपालमा पुष्प खेतीको व्यवसायीक उत्पादनको सम्भावना प्रचुर मात्रामा रहेको बताए । मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित ३० वटा प्रदर्शनी कक्षा रहने छन् । मेलामा गोदावरी फूलको बिभिन्न प्रजातीका फूलहरुका साथै अन्य मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, औजार, उपकरण, प्याकेजिगंका सामाग्री र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहनेछन् । पुष्प व्यवसायमा सलंग्न उद्यमी व्यवसायी व्यवसाय संचालन गर्न चाहने घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास हामीले लिएका छौं । पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाा नयाा प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ । पुष्प व्यवसायमा हाल ४० हजार व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको छ । गत वर्ष १ अर्ब ५ करोड रुपैयाँ बराबरको पुष्प कारोबार भएको बताइएको छ । सो अवधिमा पौने ३ करोड रुपैयाँ बराबरको फुल आयात गरिएको त्यति नै मात्रामा नेपालबाट विभिन्न puspa_melaप्रजातिका फुलहरु निर्यात गरिएको पौडेलले बताए ।
उक्त मेला तथा प्रदर्शनिमा प्रतिस्पर्धामा समाबेश भएका विभिन्न नर्सरीहरुलाई प्रथम, द्वितिय तथा तृतिय घोषणा गरि सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो । प्रथम हुनेमा संझना नर्सरी, दोस्रो हुने टिटि आर बंगलामुखी नर्सरी, तेस्रो अरुण नर्सरी रहेका थिए । नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुको मागमा प्रत्येक बर्ष १० देखि १५ प्रतिशत को दरले बृद्धि भईरहेको छ । यससंग संबन्धित उद्योगहरु पनि क्रमश: विस्तारित भईरहेका छन् । हाल सम्म ३६ जिल्लामा लगभग ६ सय ३५ पुष्प नर्सरीहरुबाट १ सय २० हेक्टर क्षेत्रफलमा पुष्प खेति भएको छ ।

प्रतिक्रिया