युरोपेली सङ्घको सहायतामा दोब्बर वृद्धि

काठमाडौ : अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले युरोपेली संघले नेपाललाई उपलब्ध गराउने सहायता राशिमा दोब्बरले वृद्धि गरेकामा हार्दिक आभार व्यक्त गर्दै बजेटले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा सङ्घको लगानी आवश्यक भएको बताएका छन् । सङ्घको प्रतिनिधिमण्डलका राजदूत रेन्सजे टेरिङ्कसाग शुक्रबार अर्थमन्त्रालयमा भएको भेटमा उनले समयमै बजेट सार्वजनिक भई मुलुक चुनावी प्रक्रियामा लाग्नुले राजनीतिक स्थिरतातर्फ मुुलुक उन्मुख भएको देखिएको बताए । सङ्घका निर्वाचन पर्यवेक्षकहरूको उपस्थितिले संविधानसभाका उम्मेदवारहरुमा आत्मविश्वास बढेको उल्लेख गरे ।
मन्त्री कोइरालाले नेपालको व्यापार घाटा उच्च भएपनि मुलुकको आर्थिक स्वास्थ्य सन्तोषजनक नै रहेकाले साढे पााच प्रतिशतको वृद्धिदरको लक्ष्य प्राप्त गर्न कठिन नहुने विश्वास व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ । राजदूत टेरिङ्कले युरोपियन इन्भेष्टमेन्ट बैंकमार्फत नेपालमा लगानी बढाउने आश्वासन दिादै सङ्घको सहयोग सुशासन प्रवद्र्धन र विकासमा केन्द्रित हुने जानकारी दिए । नेपालमा लगानी गर्ने क्षेत्रको पहिचानका लागि सङ्घको उच्चस्तरीय टोली नेपाल आउन लागेको जानकारी दिादै राजदूत टेरिङ्कले स्वीकृतिको प्रक्रियामा रहेका योजनालाई चााडो टुङ्ग्याइदिन आग्रह गरे । नेपालको शान्तिप्रक्रियामा सङ्घले महत्वपूर्ण सहयोग गरेको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया