पश्चिम क्षेत्रमा उच्च सुरक्षा सर्तकता

Bhairahawaभैरहवा, ८ असोज । संविधानसभा निर्वाचनलाई मध्य नजर गरेर पश्चिमाञ्चल विकास क्षेत्रमा सुरक्षा सर्तकता उच्च राखिएको क्षेत्रीय प्रसाशक लोकदर्शन रेग्मीले बताएका छन् ।
भैरहवामा आज (शुक्रबार) क्षेत्रीय सुरक्षा समितिका पदाधिकारी सहित उपस्थित भएका रेग्मीले मुलुकको पश्चिम क्षेत्रमा एकीकृत सुरक्षा समितिले सुरक्षा व्यवस्था बलियो बनाएको दाबी गरे । उनले पश्चिमाञ्चल क्षेत्रका १६ वटै जिल्लाको सुरक्षास्थिति चुस्तदुरुस्त भएको बताए ।
उनले प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले निर्बाचन क्षेत्र, मतदानस्थल र उम्मेदवारको सुरक्षा दिने जनाए ।
निर्वाचन आचार संहिता उल्लघन गर्नेलाई जिल्ला निर्वाचन कार्यालयको अनुगमन समितिले कार्वाही गर्ने उनको भनाई छ ।

प्रतिक्रिया