छायाकार प्रधानलाई मानार्थ सदस्यता

binod_pradhan

विनोद प्रधान

काठमाडौ, ८ कात्तिक । नेपाल चलचित्र प्राविधिक संघले छायांकार विनोद प्रधानलाई मानार्थ सदस्यता प्रदान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिउडका वरिष्ठ छायांकार प्रधानलाई संघले मानार्थ सदस्यता प्रदान गर्नुका साथै ताम्रपत्र सहितको सम्मान पत्र प्रदान गरेको हो । सम्मान कार्यक्रममा संघका अध्यक्ष राजकुमार राईले प्रधानलाई भादगाउले टोपी लगाइदिएका थिए । वरिष्ठ निर्देशकद्धय तुलसी घिमिरे र शम्भू प्रधान, कलाकार वसुन्धरा भूषाल, कृष्ण मल्ल, छायााकार बैकुण्ठ मास्के लगायतले प्रधानलाई बधाई दिंदै संघको नयाा सदस्यका रुपमा स्वागत गरे । नेपाली मुलका भारतीय बरिष्ठ छायांकार प्रधानले मानार्थ सदस्यता तथा चलचित्रकर्मीहरुको भव्य सम्मान ग्रहण पश्चात भने– ‘यो सम्मानबाट म खुसी छु । प्राविधकको संरक्षण र सम्मान गर्ने प्राविधिक संघलाई धन्यवाद ।’

प्रधानले छायांकन गरेको सम्झना, लाहुरे, कुसुमे रुमाल, तृष्णा, सपनाजस्ता नेपाली चलचित्र उत्कृष्ट कोटीका मानीन्छन् । बलिउडका सुपरहिट मानीएका देवदास, खामोस, भाग मिल्खा भाग, मौसम, परिन्दा, रंग दे बसन्ती, मिसन कस्मिर, अ लभ स्टोरी, दिल्ली सिक्स जस्ता सुपरहिट बलिउड फिल्मका पनि उनी छायाकार हुन् ।
प्राविधिक संघका अध्यक्ष मनोज केसीले विनोद प्रधान जस्ता वरिष्ठ छायांकारलाई मानार्थ सदस्यता र सम्मान गर्न पाउनु गर्वको कुरा रहेको बताए । तिहार पछि हुने नेफ्टा अवार्डको तयारीमा रहेका अध्यक्ष केसीले भने– “विनोद प्रधानबाट नेपालका प्राविधिकले नयाा कुरा सिकुन् भन्ने हाम्रो चाहना हो ।”
संघबाट मानार्थ सदस्यता प्राप्त गर्ने प्रधान पहिलो व्यक्ति भने होइनन् । यसअघि आधा दर्जन बढी कलाकारहरुले मानार्थ सदस्यता प्राप्त गरिसकेका छन् । सदस्यता प्राप्त गर्ने कलाकाहरुमा बसुन्धरा भूषाल, गेहेन्द्र धिमाल, वैकुण्ठ मान मास्के, श्याम मोहन श्रेष्ठ र मञ्जु कुमार श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया