हिमालयन शेर्पाको जीत

Himalayan-sherpaअष्ट्रेलियाको यति एफसी सफल पोखरा कपबाट बाहिरिएको छ । हिमालयन शेर्पास‘ग २–० ले पराजित भएकापछि सूरुआती खेलबाट बाहिरिएको हो । सूरुआतबाटै आक्रामक देखिएको शेर्पाले २५ औ‘ मिनेटमा धिरज तामाङको गोलमार्फत अग्रता लिएको थियो । त्यसलगत्तै यतीले खेललाई बराबरीमा ल्याउने सुन्दर मौका खेर फाल्यो । बिनम होनाले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई हिमालयनका गोलकिपर सागर गुरुङले बिफल पारिदिए । दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा यतीले खेललाई बराबरी गर्ने सुन्दर अवसर खेल फाल्यो । विनम होनले डिबन्स भित्र पाएको अवसरमा रिबाउन्डमा हानेको प्रहारले गोलपोस्टको दिशा लिन सकेन । त्यसअघि वियन कार्कीको प्रहारलाई हिमालयनका गोलकिपर सागरले पुरा क्लियर गर्न सकेका थिएनन् । ५८ औं मिनेटमा हिमालयनले अग्रता दोब्बर पार्‍यो । धिरजको पासमा अकिनाडेले हिमालयनको लागि दोस्रो गोल गरे ।

प्रतिक्रिया