निगरानी बढाएपछि राजस्वमा वृद्धि

राजविराज : सीमावर्ती क्षेत्रमा भन्सार कारोबारमा निगरानी बढाएपछि राजविराज भन्सार कार्यालयमा चालु आवको तीन महिनामा राजस्व असुलीमा वृद्धि भएको छ । चालु आव ०७०/७१ को साउन महिनादेखि असोजसम्ममा एक करोड १३ लाख ६७ हजार ६ सय ९० राजस्व असुली भएको राजविराज भन्सार कार्यालयका प्रमुख धु्रव विश्वकर्माले जानकारी दिए ।
जसमध्ये भन्सार महसुलतर्फ ४४ लाख ४३ हजार ४ सय ८, भन्सार सेवा दस्तुरतर्फ तीन लाख २३ हजार ५ सय र निकासीतर्फ २ हजार २ सय असुल भएको छ । यस्तै कृषितर्फ २१ लाख ५८ हजार ३ सय ४७, भ्याटतर्फ ४३ लाख ५१ हजार ९ सय ५० र अन्त:शुल्कतर्फ ४८ हजार २ सय ८५ असुल भएको प्रमुख विश्वकर्माले जानकारी दिए । सदरमुकाम राजविराजदेखि १० किलोमिटर दक्षिण भन्सार कार्यालयसम्म पुग्ने बाटो जीर्ण भएका कारणले राजस्व असुलीमा ह्रास आएको उल्लेख गर्दै उनले राजविराज–कुनौली सडक खण्डको दश किलोमिटरसम्मको बाटो निर्माण भए राजस्व असुलीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया