आगामी निर्वाचन र एमालेको भूमिका

shibaraj_gautamनेपाल र नेपालीको भविष्यसँग जोडिएको संविधानसभाको दोस्रो निर्वाचन कुनै चमत्कार भएन भने आगामी मङ्सिर ४ मा हुने निश्चित छ । नेपाली, काङ्ग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, मधेशवादी दलसँगै अन्य थुप्रै साना दल पनि यतिवेला मङ्सिर ४ मा संविधानसभाको दास्रो निर्वाचन भव्यरुपमा, भयमुक्त वातावरणमा सम्पन्न गर्ने गरी चुनावी माहोलमा होमिएका छन् । निर्वाचन आयोगमा केही दिन अघि मात्र समानुपातिक निर्वाचनमा सहभागि हुन दिवेदन दिएका दलको सङ्ख्यालाई आधार मान्ने हो भने आगामी निर्वाचनमा १ सय २४ दलले भाग लिने निश्चित भएको छ । यद्यपी नेकपा–माओवादीलगायतका केही दल भने अहिले पनि चुनाव बहिस्कारको आन्दोलनमा छन् । तर, ती दलहरुको विरोधका बाजुज पनि निर्वाचन हुने करीब निश्चित छ ।
यसरी विस्तारै बन्दै गएको चुनावी माहोलसँगै दलहरु सामन्तवादकाका छिट्टफुट्ट रुपमा रहेका अवशेषहरुलाई समेत समाप्त गरेर नयाँ र संवृद्ध नेपालको खाका कोर्ने योजनासहितका रङ्गिन घोषणापत्र लेखनको अन्तिम तयारीमा जुटेका छन् । बहिस्कारमा परेका, अवसर नपाएका, लामो कालखण्डदेखि थिचोमिचोमा परेका नेपाली जनतालाई मुलधारमा ल्याउने कुरालाई सबैले आ–आफ्ना चुनावी घोषणापत्रमा समावेश गर्ने निश्चित छ । सामन्ती संरचनाको जरो उखेल्ने अनि समुन्नत र अग्रगमनसहितको नयाँ नेपालको खाका कोर्ने सुन्दर शव्दहरुले भरिएका घोषणापत्र आम नेपाली जनताले निर्वाचनको नजिक–नजिक पढ्न पाउने निश्चित छ । राष्ट्रिय स्वाधिनताका पक्षमा बुलन्द आवाज उठाएका घोषणापत्र पनि नेपाली जनताले आगामी चुनावको आसपासमा पढ्न पाउने निश्चित जस्तै छ ।
नेपालमा राज्य सञ्चालनको पछिल्लो इतिहास अर्थात विंस १८२५ यताको इतिहासलाई मात्र केलाएर हेर्ने हो भने पनि नेपालको राजनीतिमा थुप्रै खालका उथलपुथल भएका छन् । ३० वर्षे पञ्चायती कालरात्री मात्र होइन यो अवधीमा नेपाली जनताले राणाशासनको जगजगी रहेको एकतन्त्रीय जहानीया शासन र सुन्दर बहुदलीय व्यवस्थाको पनि अनुभव प्राप्त गर्ने अवसर पाएका छन् । तर, विढम्वना नै भन्नु पर्छ । नेपाली जनताले बहुदलीय व्यवस्था प्राप्त गरे पनि निक्कै लामो समय नेपालका कम्युनिष्ट पार्टीहरु प्रतिपक्षमा नै रहन बाध्य भए । नेकपा एमालेले ०५१ सालमा ९ महिना चलाएको सरकार बाहेक ०६२/०६३ को जनआन्दोलन अघिसम्म कम्युनिष्ट पार्टीहरुले सरकार चलाउने र सत्ताको नेतृत्व गर्ने अवसर पाएनन् । यद्यपी जनुसुकै सरकारको पालामा पनि कम्युनिष्टहरुले सत्तामा रहने अवसर भने प्राप्त गरेको थिए ।
तर, संविधानसभाको पहिलो निर्वाचनपछि भने नेपालका कम्युनिष्टहरुले नै सत्ताको वागडोर समाल्ने अवसर पाए । संविधानसभाको पहिलो निर्वाचनपछि नेपालमा पाँच ओटा सरकार बने । ती मध्ये चार ओटा सरकारको नेतृत्व कम्युनिष्ट पार्टीले नै गर्ने अवसर पाए । ती चार ओटा सरकारको नेतृत्वमा दुई पटक नेकपा माओवादी र दुई पटक नेकपा एमाले रहयो । चार ओटै सरकारले निक्कै लामो समय नेतृत गर्ने अवसर त पाएनन् । ती, चार ओटै सरकार जसले नेकपा एमालेले ०५१ सालमा ९ महिना चलाएको सरकारको जस्तो छाप छाड्न भने सकेनन् । आफ्नो गाउँ आफै बनाऊ, बृद्ध भत्ता जस्ता चर्चित कार्यक्रम एमालेले त्यति वेला ल्याएको थियो । अहिले पनि बृद्ध–बृद्धाले नेकपा एमालेलाई बृद्धभत्ता दिने पार्टी भनेर चिन्ने गरेका छन् ।
यी विविध प्रसङ्ग यहाँ किन जोड्न खोजिएको हो भने । अहिले नेपाली जनताले खोजेको प्रमुख कुरा शान्ति, अमन–चयन र स्वदेशमै प्रसस्त रोजगारीका अवसरहरु हुन् । अहिले संविधानसभाका लागि घोषणापत्र लेख्न नेपालका राजनीतिक दलहरु गुप्तवास बसेका छन् । यी सबै राजनीतिक दलले अहिले माथि उल्लेखित कुराको ख्याल गर्न जरुरी छ । शव्दजालको थुप्रो मात्र घोषणापत्रमा उल्लेख गरेर नयाँ नेपाल बन्न सक्दैन । नयाँ नेपाल बनाउँनका लागि घोषणापत्रमा दीर्घकालिन योजना चाहिन्छन् । जनतालाई छलछाम गर्ने र चुनाव जित्ने खालका टालटुले घोषणापत्रले अव न त नयाँ नेपाल निर्माण हुन सक्छ । नत, नेपाली जनताको सुन्दर नेपालको सपना नै साकार हुन सक्छ । त्यसैले सबै राजनीतिक दलको ध्यान यस्ता कुरामा जान जरुरी छ ।
नेकपा एमालेले जनताको बहुदलीय जनवाद जस्तो सिद्धान्त वोकेर हिडेको छ । तर, विडम्वना अहिले एमालेका नेताहरुले नै जबजलाई मनलाग्दी व्याख्या गर्ने गरेका छन् । एमालेले आगामी घोषणापत्रमा जबजलाई आधार मानेर कृषि, घरेलु, साना र मझौला किसिमका उत्पादनमा जोड दिने, गाउँ, शहर सबैतिर आर्थिक अभियान सञ्चालन गर्ने, स्वदेशमै प्रसस्त रोजगारीको अवसर सिर्जन गर्ने जस्ता दुरगामी कुरामा ध्यान दिने खालका कुरालाई समावेश गर्न आवश्यक छ । यसका लागि एमालेले उत्पिडित, पिछडिएका, अवसरबाट वञ्चित भएका आम नेपालीको भावनालई प्रतिनिधित्व गर्ने व्यक्तिहरुलाई संविधानसभामा पठाउने उच्चतम प्रयास गर्न आवश्यक छ । एमाले नतावाद, कृपावाद र चाकडीवादमा लठ्ठ पर्ने र त्यसैको भुलभुलैयामा लाग्ने हो भने आगामी संविधानसभा निर्वाचनमा पनि जित्न हाँसिल गर्न मुस्किल छ ।
संविधानसभा निर्वाचनको आसपासमा एमालेबाट एमालेमै बसेर लामो समय योगदान गरेका व्यक्तिहरुले एमालेसँग चित्त दुखाएर अन्य पार्टीमा प्रवेश गर्ने गरेका घटनाहरु सार्वजनिक भएका छन् । यस्तो कुरालाई पनि एमालेले राम्ररी ख्याल गरेर अघि बढ्न जरुरी छ । हात्तीको शरिरबाट झरेको धुलो हो । समुन्द्रबाट एक लोटा पानि कसैले झिकेर के हुन्छ भन्ने जस्ता आलाकाँचा तर्क यो वेलामा एमालेले गर्ने हो भने त्यसको परिणाम नकरात्मक हुन सक्छ । त्यसैले यस्ता कुरामा पनि एमालेले ध्यान दिनु पर्ला कि ?

प्रतिक्रिया