जाजरकोट–डोल्पा सडकको ट्रयाक खुल्यो

जाजरकोट, २२ असोज । नेपाली सेनाले जाजरकोट–डोल्पा सडक निर्माण कार्य तीव्र पारेको छ । असोज दोस्रो साता जाजरकोट खण्डको ट्रयाक खुलेको छ । नेपाली सेनाले पर्याप्त जनशक्ति र उपकरणहरू परिचालन गरी सडक निर्माण कार्यलाई तीव्रता दिएको हो ।

यस सडकको कुल लम्बाई १ सय १६ किलोमिटर रहेको छ । जसमध्ये जाजरकोट, रुकुम र डोल्पाको गरी ८० किलोमिटर सडकखण्डको निर्माण पूरा भएको नेपाली सेनाले जनाएको छ । जाजरकोटमा विभिन्न भू–भागभित्र पर्ने ४५ किलोमिटरको निर्माण पूरा गरी दसौअगावै टयाक्टर र जिप चल्न सक्ने भएको सेनाको सडक निर्माण कार्यदलका प्रमुख इन्जिनियर विश्वबन्धु पहाडीले बताए ।
जाजरकोटको भगवती गाउा विकास समितिस्थित ६ सय मिटर लम्बाइको तल्लुमा रहेको भिरको कटान सकिएपछि जाजरकोट सडकखण्ड निर्माण पूरा भएको पहाडीले बताए । यो भीर काट्न तीन वर्ष लागेको थियो । जाजरकोटतर्फको निर्माण कार्य पूरा भएपछि उक्त खण्डमा ट्रयाक्टरलगायत यातायातका साधन सञ्चालन हुन थालेका छन् भने जिप सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । सो क्षेत्रको डाँडागाउँ, लह, खगेनकोट, रग्दा र भगवती गाविसका स्थानीय बासिन्दालाई आवतजावत सहज भएको छ ।
त्यस्तै, दैनिक उपभोग्य वस्तु ओसारपसारमा सुविधा भई त्यस क्षेत्र र डोल्पामा समेत बजारभाउ घटेको स्थानीयवासीले बताएका छन् । योभन्दा पहिले सो खण्डमा जाजरकोट सदरमुकामदेखि भगवतीसम्म जान र आउन दुई दिन लाग्ने गर्दथ्यो तर अहिले सडक निर्माणपछि एक दिन छोटिएको छ । जाजरकोट खलङ्गाको वडा नं ८ रिम्नादेखि रुकुमको पुर्तिमकाडा जोड्ने भेरी नदीमा रिम्ना पुल र रुकुमको आठविसकोट चिसापानीदेखि जाजरकोटको डााडागाउा जोड्ने बैरीतालमा पुल, डााडागाउा गाविस र खगेनकोट गाविसको बीचमा रहेको नलसिंहगाड खोलामा पुल समयमा नै पुलहरू निर्माण भएमात्र यस सडकले पूर्णता पाउने पहाडीको भनाइ छ । सरकारले आवश्यक बजेट विनियोजन गरेमा मात्र आउादो दुई वर्षमा डोल्पा सदरमुकाम दुनैमा सहजरूपमा सडक पुर्‍याउन सकिने पहाडीले बताउनुभयो । सेनाले चार वर्षअघिदेखि जाजरकोट–डोल्पा सडकको निर्माण गरिरहेको छ । सडक निर्माणका लागि विभिन्न स्थानमा ८ सय भन्दा बढी मजदुर कार्यरत छन् । सडक निर्माण कार्यलाई थप तीव्रता दिन नेपाली सेनाले भर्खरै जिरो प्वाइन्टदेखि ७० किमिको मनका बगरमा बेसक्याम्प स्थापना गरेको छ । मजदुर, आवश्यक बिष्फोटक पदार्थ तथा निर्माण सामग्रीलगायत सुरक्षाका लागि उक्त बेसक्याम्प खडा गरिएको निर्माण कार्यदल प्रमुख पहाडीले बताए ।
नेपाली सेनाले १० वर्षदेखि नियमितरूपमा मध्यपश्चिम क्षेत्रका रुकुम, जाजरकोट र डोल्पामा सडकहरू निर्माण गर्दै आएको छ । सेनाले ६ वर्ष लगाएर जाजरकोट सदरमुकाम र रुकुमको चौरजहारीसम्म मोटर पुर्‍याएको थियो । निर्माण कार्य सुरु भएदेखि हालसम्म बिनाअवरोध सडक निर्माण कार्य सुचारु भएको उनले बताए । हाल डोल्पाको दुनैदेखि कालागैरासम्म जिप चल्ने गर्दछन् । डोल्पाका स्थानीय व्यापारीहरूले हेलिकप्टरमा ती जिपहरू दुनै लगेर सञ्चालनमा ल्याएका हुन् । यो सडक निर्माण भएमा बर्सेनि हुने खाद्यान्न सङ्कटलाई टार्न सकिने स्थानीय बासिन्दा बताउाछन् । डोल्पामा ढुवानी गरेर लगेको सामग्रीभन्दा बढी भाडा लाग्ने भएका कारण डोल्पामा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ । जति महागो भए पनि वस्तुहरू किन्नुबाहेक अन्य विकल्प नभएको डोल्पाका व्यापारीहरू बताउाछन् । नेपालमा डोल्पा र हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालले छुन सकेको छैन ।

प्रतिक्रिया