राधिकासँगै दैलेखबासी छमछमी

Radhika-Hamal-Dailekhaदैलेख, २० असोज । दैलेखको लयाटीविन्दासैनीमा गरिएको बृहत् सांस्कृतिक कार्यक्रममा लोक गायिका राधिका हमालले ‘क्याम्पस पढ्न आउने सर उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने ….’ गीत गाउन लाग्दा मैदानभरि रहेका युवायुवती गीतको तालसँगै छमछमी नाचे ।

अधिकांश कलेज तथा क्याम्पस अध्यनरत विद्यार्थी को भीड रहेको विन्दासैनीमा राधिकाको युवा लक्षित प्रस्तुतिले युवादेखि बूढापाकासमेत खुलेरै नाचे । युवा दर्शकसँगै राधिकाले पनि मन खुलेरै नाचिन् । स्थानीय जय विन्द्रसैनी युवा क्लबले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा १ दर्जन बढी गाविसका स्थानीयले चर्चित गायकगायिका गाउँमै भेट्न पाउँदा खुसी साटेका थिए । हजारौँ दर्शक कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित राष्ट्रिय कलाकार राधिका हमाल, हास्य कलाकार दिलिप भाइसर, कल्याण राई, आधुनिक गायक मञ्जिल मोहनलगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति थियो ।
नजिकिँदै गएको हिन्दू नेपालीको महान् पर्व बडादसँै तथा शुभ दीपावलीको पूर्वसन्ध्यामा कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष पृथ्वी शाहीले बताए ।

प्रतिक्रिया