आजका युवाले सोच्नै पर्ने विषय

himal_dhanशिक्षाले मानवजातीलाई ज्ञान (पलयधभिमनभ) प्राप्त हुन्छ । ज्ञानबाट प्रज्ञा (धष्कमयm) प्राप्त हुन्छ । अर्थात् ज्ञान भन्नाले जानकारी हो जस्तो कि मह गुलियो हुन्छ । जिब्रोद्वारा यसको जानकारी हामीले लिने गछौँ । गुलियो स्वादको पहिचान यसरी हुन्छ तर गुलियो कस्तो हो ? अन्तर्निहित वास्तविकता अरूलाई सरल रूपमा बताउन अर्थात् जानकारी दिन सकिन्न । तर ज्ञानबाट प्रज्ञाभूमिमा जब हामी उतीर्ण हुन्छौँ उक्त गुलियो स्वादको बारेमा जानकारी मात्र होइन कि चुरोसम्म अनुभूत गर्न सकिन्छ । सो गुलियो र जीवनलाई एकाकार गरी आत्मसात भएर आफूबाहेक अरूलाई पनि जानकारी दिन सक्ने जुन अवस्थामा हामी पुग्छौँ सोही विषय नै प्रज्ञा हो । यही विषयलाई मानिसले जति सहज ढंगले सामान्यकरण गरी जीवनयापनको लागि ज्ञानको भण्डारलाई खोतलखातल गर्दछ उही उच्च कोटीको असल मानिसमा परिवर्तित हुन्छ ।
यसरी ज्ञान र प्रज्ञालाई जब हामी परिभाषित गरेर बुझ्छौँ तब एउटा टुंगोमा अवश्य पुग्छौँ । त्यो टुंगोबाट हामी आजको अवस्थामा के कस्ता ज्ञान प्राप्त गर्न जरुरी छ सो कुरालाई निक्र्यौल गर्न सजिलो हुनेछ । आजका युवा पुस्ताले मात्र होइन कि सबै नेपाली नागरिकले बुझ्नु पर्ने कुरो के हो भने हाम्रो लागि दुई प्रकारका खाना आवश्यक हुन्छ । एउटा मानसिक खान्कि दोस्रो भौतिक खान्कि । यी दुई खान्किलाई उचित ढंगले बुझ्नको लागि पनि ज्ञानको आवश्यकता हुन्छ । पुरातन शिक्षाको नीति सिद्धान्त समय सापेक्ष छैन । शिक्षा मन्त्रालयबाट अर्थात् राज्य व्यवस्थाबाट यस विषय माथि चासो त छ तर गम्भीर खााचोको रूपमा लिएको देखिँदैन ।
क) शरीरलाई बााच्नको लागि खाद्यवस्तु उचित ढंगले ग्रहण जसरी गरिन्छ त्यही अनुरूप मानसिक खुराक पनि मानव जातीलाई उचित ढङ्गको हुन जरुरी छ । मानसिक खुराक छनौट गर्न आजको युवा पुस्ताले गम्भीर रूपमा जानकारी लिन आवश्यक देखिन्छ । के कस्ता पुस्तकहरू अध्ययन गर्ने, सांस्कृतिक पक्षका के कस्ता सामाग्रीहरू श्रवण गर्ने र अवलोकन, दृश्यवलोकन गर्ने दैनिक भोग्यवस्तु के कस्ता उपयोग गर्ने भन्ने बारेमा ज्ञान हुन जरुरी छ । यसो नभएको कारणले लफंगा प्रवृत्ति नेपाली समाजमा झागिदो अवस्थामा देखिन्छ । उदाहरणको लागि अर्थविहीन गीत संगीतले बढुवा पाइरहेको छ । यहा मैले संगीतको विधा पक्षलाई भन्न खोजेको होइन कि गीत कस्तो हुनुपर्छ त्यसमा जवन्त बनाउनको लागि संगीत कस्तो हुनुपर्छ आफैँमा अर्थहीन भएका गीत संगीतले कुनै पनि परिणाम प्राप्त गर्न सक्दैन । अर्को उदाहरण प्रेमको गीत संगीत निर्माण गर्छन् कलाकारहरू यहाा तर प्रेम विरोधी माया पिरतीलाई उपहास गरेको साथै मजाकमा उडाएको गितहरू बजारमा देखिएका छन् । यो दु:खद पक्ष हो । आजका युवा पुस्ताले गीत संगीतको बारेमा साधारणभन्दा साधारण जानकारी नभएको कारणले यस्तो भएको हो । यो एउटा शिक्षामा युग सापेक्ष नीति सिद्धान्तको कमीले हुन गएको हो ।
तपाईहरूले निम्नलिखित कुरामा ध्यान दिने मात्र होईन कि त्यसमा लागिहाल्नु पर्दछ । यसो भन्नुको अर्थ यो हो कि अध्ययनको विषय, छनौट अब तपाईहरूले सामुहिक रूपमा र व्यक्तिगत रूपमा निधो लिन जरुरी भईसकेको छ । समय दू्रतगतिमा अगाडि बढिरहेको छ । तपाई युवा पुस्ताका युवायुवतीहरू समयलाई साथ दिनुको सट्टा यो समयलाई पिछा गर्न समेत सकिरहनु भएको छैन । अर्थात् समयलाई आत्मसात गरी समयको चुनौतीलाई स्वीकार गरी असल नागरिक भनी संवृद्ध जीवनयापन गर्न सक्ने सक्षमताको विन्दुहरूमा भड्किरहनु भएको छ । ती विन्दुलाई पहिचानमा लिन समयले घचघच्याइरहेको छ । यसको निम्त्ति हामी बौद्धिक रूपमा असाध्यै गरिब छौँ । गरिबी पनि एउटा रोग हो त्यसमाथि पनि मानसिक रूपमा रोगी हुनु भनेको आफु मात्र होइन कि सिँगो परिवार र समाज नै दिशाविहीन हुनु हो । त्यसकारण यस्तो अवस्थाबाट बच्नका लागि बौद्धिक खुराक छनौटमा सिपालु हुनु जरुरी छ । बुादागत रूपमा यसरी तल उल्लेख गरिन्छ १) इतिहासशास्त्र र दर्शनशास्त्र अध्ययन अनिवार्य । २) धार्मिक (तजभययिमष्अब)ि नीतिशास्त्र मात्र होईन कि वास्तविक आधुनिक जीवनसाग मेल खाने नैतिक शास्त्रहरू पनि अध्ययन अनिवार्य । ३) जीवनयापनको लागि तक्निकी विषयहरू अध्ययन अनिवार्य । ४) खानादाना र शारीरिकसम्बन्धी पुस्तक अध्ययन अनिवार्य । ५) संस्कृति र समाजशास्त्रीय अध्ययन अनिवार्य ।
यी माथि भनिएका ५ विषय अध्ययनको खााचो आजका युवा पुस्तालाई भइसकेको छ । यो खााचोलाई पुरा गर्न माथि भनिए भैँm सामूहिक वा व्यक्तिगत रूपमा अध्ययन गर्न जरुरी छ । राज्यलाई समेत यस विषयमाथि दबाब दिन युवापुस्ताको कााधमा आइपरेको जिम्मेवारी ठान्नु पर्छ । समयले चुनौती तपाई हामीलाई यसै कुरामा दिइरहेको छ । उचित ज्ञानको भोकलाई जागृत गरी मानसिक खुराक खोजविन गरी ग्रहण गरौँ । अनुकूल परिस्थितीमा मात्र होइन प्रतिकूल परिस्थितमा पनि युवाले सुुझबुझपूर्ण ढंगले निर्णय गर्न सक्ने क्षमताको विकास गर्नुपर्छ । युग हाक्ने भनेको युवाले हो । कसैको अनुग्रह र दयाको टेको समाउन छाडेर युवाले आफैँ नेतृत्व विकास गर्न नसक्ने हो भने कसैले पनि युवालाई समेटेर अगाडि बढ्ने अवस्था देखिँदैन । राजनीतिक, सामाजिक, आर्थिक र अन्य क्षेत्रमा समेत अब सशक्त युवा पंक्तिको नेतृत्व आवश्यक परेको छ । नेतृत्व कसैले सजिलै हस्तान्तरण गर्दैन । आफ्नै क्षमता, कुशलता, बौद्धिकता र लगनशीलताबाट प्राप्त गर्न सकिन्छ । यसका लागि युवा वर्ग आफैं अग्रसर हुन जरुरी छ । वर्तमान अवस्थामा युवावर्गको भूमिका सशक्त रूपमा अगाडि बढेको अवस्था छैन । कहा कस्तो कमजोरी छ त्यो पत्ता लगाएर सच्याउदै जानुपर्छ । यो युग युवाहरूको युग हो । निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा युवाहरूको पहुाच हुन जरुरी भइ सकेको छ । तसर्थ सशक्त ढंगले युवाले आफ्नो भूमिका खोज्न जरुरी छ ।

प्रतिक्रिया