द भाइब्ज ब्यान्डको ‘को हुँ म’ बजारमा

the-vibejचर्चित रक सांगीतिक समूह द भाइब्ज ब्यान्डले ‘को हुँ म’ एल्बम बजारमा ल्याएको छ । पहिलो एल्बम ‘द भाइब्ज जेनेरेसन’बाटै नेपाली सांगीतिक क्षेत्रमा चर्चित बनेको ब्यान्डले चार वर्षपछि दोस्रो एल्बम बजारमा ल्याएको हो ।
नेपालमा मात्र नभएर अमेरिकामा पनि उत्तिकै चर्चा कमाउन सफल छ, द भाइब्ज ब्यान्ड । नेप्लिज अमेरिकन रक सांगीतिक समूह द भाइव्ज ब्यान्डले बजारमा ल्याएको दोस्रो एल्बम ‘को हुँ म’मा नयाँ पुराना गरी सातवटा गीतहरू समेटिएको छ । यसमा पप, रक र आधुनिक गीतका साथमा अंग्रेजी गीतसमेत समावेश गरिएको छ । एल्बममा रहेका पाँच गीत नयाँ हुन् भने दुईवटा गीत भने पुरानो एल्बमबाटै राखिएका छन् ।
तीनवटा गीतको म्युजिक भिडियो निर्माण गरिएको छ । दुईवटा गीतको म्युजिक भिडियो नेपालमै छायांकन गरिएको हो भने एउटा गीतको छायांकन अमेरिकामा गरिएको हो । ब्यान्डको पहिलो एल्बम द भाइब्ज जेनेरेसनले बजारमा आएकै वर्ष हिट्स एफएम अवार्ड र इमेज अवार्डमा बेस्ट ब्यान्ड अफ द इयरको अवार्ड जितेको थियो । यस्तै, उक्त एल्बममा रहेको ‘थाकिसकें’ बोलको गीतमाथि बनेको म्युजिक भिडियोले दर्शकको मन तान्न सफल भएको थियो । उक्त गीत लामो समयसम्म नेपाली टेलिजिभन च्यानलहरूको हिट लिस्टमा उत्कृष्ट स्थान कायम गर्न सफल भएको थियो । म्युजिक भिडियो अमेरिकामा छायांकन गरिएको थियो । सो म्युजिक भिडियो ६ लाख ४० हजार रुपियाँ (१० हजार डलर)को लागतमा बनेको थियो । (सौस)

प्रतिक्रिया