काठमाडौं, १३ असोज । फलफूल आयत अत्याधिक बढेको छ । गाउँका युवा वैदेशिक रोजगारमा जानु, ग्रामीण सडक विस्तार उल्लेखनीय नहुन तथा सरकारको उत्पादन प्रक्रियाका लागि ठोस रणनीति बनाउन नसक्नुले फलफूलको आयात बढेको हो ।
उत्पादित फलफूलले बढ्दो जनसं्ख्याको चापलाई धान्न नसक्नुमा नेपालीको फलफूल खाने बानीमा परिवर्तन आउनु पनि प्रमुख कारण रहेको छ । सन् २०१२ मा नेपालले ४४ हजार टन स्याउको आयात गर्नुले पनि नेपालको फलफूल उत्पादनमा ह्रास आएको प्रस्ट हुन्छ । जसमध्ये यस वर्ष ४८ हजार ९४६ टन स्याउ नेपालमा उत्पादन भएको निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ ।
स्वदेशमा उत्पादन हुने र अन्य मुलुकबाट आयात गरीएका गरी वार्षिक ९२ हजार ९ सय ५० टन स्याउ स्वदेशमा खपत हुने गरेको कृषि विकास विभागले प्रकाशन गरेको तथ्यांकमा उल्लेख छ ।
उक्त स्याउबाट मानिसले जुस बनाएर पनि पिउने गर्छन् । सन् २०१२ मा नेपालले २८१ टन स्याउ निर्यात गरेको तथ्यांकमा उल्लेख छ । तसर्थ आयातलाई निर्यातले प्रतिस्थापन गरेकाले नेपालमा स्याउको बजार प्रचुर रहेको बुझ्न सकिन्छ ।
नेपालले विभिन्न प्रकारका फलफूल २३ भन्दा बढी देशबाट आयात गर्ने गरेको छ । मित्रराष्ट्र चीनबाट आउने स्याउले नेपालको बजारमा पकड जमाएको नेपाल घरेलु तथा साना उद्योग महासंघ र जिआइजेट सार्क टिपिएनले संयुक्त रूपमा तयार पारेको अनुसन्धानले प्रतिवेदनले देखाएको छ ।
सन् २०१२ मा नेपालमा सुन्तला, एक लाख ६६ हजार ६१२ टन, आँप, तीन लाख २८ हजार ८८३ टन, ४८ हजार ९४६ टन स्याउ र ३८ हजार ५४१ टन नस्पाती उत्पादन भएको थियो ।
उत्पादन भएका फलफूलमध्ये नेपालले आँप र स्याउमात्र निर्यात गरेको छ । जसमध्ये एक हजार २९५ टन आाप र २८२ टन स्याउको निर्यातलाई नगन्य मान्न सकिन्छ । नेपालले भारत, बंगलादेश, थाइल्यान्ड, अष्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरिया सिंगापुर, भियतनामलगायत २३ मुलुकबाट लगातार १३ जातिका विभिन्न फलफूल आयात गर्ने गरेको बुझिन्छ ।
नेपालले फलफूलको अलवा सन् २०१२ मा रु ३१ करोड ५७ लाख ४३ हजार ७०० का जुसमात्र आयात गरेको तथ्यबाट पनि नेपालको फलफूलमा आयात बढेको देखिने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष सुरेश प्रधान बताउँछन् । नेपाल फलफूल उत्पादनका लागि उर्वर भूमि हो । तर उत्पादनमा युवा जनशक्ति नदेखिएकै कारण फलफूल आयात गर्नुपरेको घरेलु तथा साना उद्योग विभागका निर्देशक डेगेन्द्र पौडेलले बताए । नेपालमा भुइँकटर, उखु, सुन्तला, मौसम, जुनार, आँप, अम्बा, कागती, लिची, ग्राउन्ड एप्पल, केरा, अनार स्याउलगायतका अन्य सयौाथरिका फलफूलखेती गर्न सकिने प्रशस्त सम्भावना र वातावरण भएर पनि उत्पादनमा कसैको चासो नजानुले निश्चय पनि नेपालको फलफूल आयातमा परनिर्भरता बढ्दै गएको छ ।
प्रतिक्रिया