सिंहदरबारकै छेउमा टेलिकमलाई आक्रमण

nepal-telecomकाठमाडौं, ६ असोज । काठमाडौंको प्रशासनिक केन्द्र सिंहदरबारको छेउमै अज्ञात समूहले नेपाल टेलिकमको सवारी साधनमा आगजनी गरेर क्षतिपुर्‍याएको छ ।
अनामनगर चोकमा आज दिउसो करीव एक बजे मोटरसाईकलमा आएका दुई जनाको समूहले टेलिकमको गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले जानकारी दिए । आगजनीबाट पहेंलो प्लेटको बा १ ञ ९३६ नम्वरको पिकअप जीपमा क्षति पुगेको हो । आगो लगाएर दुई जना युवा भोग लगत्तै स्थानीयले पानी हालेर नियन्त्रणमा लिएका थिए ।
‘दुई जना युवा मोटरसाईकलमा आएर जीप रोकेर तोडफोड गरेर आगजनी गरे,’ प्रत्यक्षदर्शीले भने, ‘चालकलाई बाहिर निकालेर जीपमा आगो लगाएका हुन् ।’
टेलिकमको पिकअप जीपमा आगो लगाउने समूहको पहिचान हुन नसकेको सिंहदरबार प्रहरीले जनाएको छ ।
जीपमा आगलागी भएपछि एकबजे देखि झण्डै आधा घण्टा अनामनगर क्षेत्रको सवारी आगामन प्रभावित भएको थियो ।

प्रतिक्रिया