जनलहर रहे दुई तिहाई बहुमत : दाहाल

Puspakamal-Dahal-Tiharकाठमाडौं, ४ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्ताको उत्साहले आफू अत्यन्तै उत्साहित भएको जनाएका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले एमाओवादीमा प्रवेश गर्नेहरुको उत्साहले आफूलाई उत्साहित बनाएको जनाए । उनले भने, ‘दुई तिहाई बहुमत ल्याएर जनसंविधान र संघीयता बनाउँछौं ।’
उनले अब नेपालको भाग्य र भविश्य निर्माण गर्ने जिम्मा आफूहरुको काँधमा रहेको जनाए । दाहालले मुलुकलाई नयाँदिशा एमाओवादीले मात्रै दिन सक्ने बताए । ‘नेपालको भाग्य र भविश्य निर्माणको जिम्मेवारी एमाओवादीको काँधमा आएको छ,’ उनले भने ।
उनले गणतन्त्र र संघीयताको एजेण्डा एमाओवादीको रहेको बताए । सो विषयमा अन्य दलहरुले दाबी गर्नुको अर्थ नहुने दाहालको भनाई छ ।
यसैबीच, नवजनवादी मोर्चा एमाओवादीमा विलय भएको छ । मोर्चाका कार्यवाहक अध्यक्ष डा.मनोजकुमार सिंह सहितका पदाधिकारी एमाओवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया