मेसीको कीर्तिमानी ह्याट्रिक

Messyक्रिस्ट्रियानो रोनाल्डोले ह्याट्रिक गरेर सनसनी मच्चाएको २४ घन्टा नबित्दै फिफा वर्ष खेलाडी लियोनल मेसीले पनि ह्याट्रिक गरेका छन् । अजाक्सविरुद्ध बार्सिलोनाले ४–० को जित दर्ता गर्दा मेसीले ह्याट्रिक पूरा गरेका हुन् । ह्याट्रिकसँग मेसी च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिए । उनले आफ्नो गोलसंख्या ६२ पुर्‍याएका छन् ।
च्याम्पियन्स लिगको इतिहासमै राहुलले सर्वाधिक ७१ गोल गरेका छन् । मेसीले खेलको २२औँ, ५५औँ तथा ७५औँ मिनेटमा गोल गरे । यससँगै च्याम्पियन्स लिगमा मेसीले आफ्नो कीर्तिमानी चौथो ह्याट्रिक पूरा गरे । बार्सालाई फराकिलो जित दिलाउने क्रममा जेरार्ड पिकेले थप एक गोल गरेका थिए । च्याम्पियन्स लिगअन्तर्गत नै बुधरबार राति समूह ‘एच’ को अर्को खेलमा एसी मिलानले सेल्टिकलाई २–० ले हरायो । मिलानबाट मारियो बालाटेलीले निर्णायक गोल गरे ।
समूह ‘ई’ को खेलमा जोसे माउरिन्होले नराम्रो झट्का भेटे । एफसी पोर्टो र इन्टर मिलानलाई उपाधि जिताइसकेका माउरिन्होको वर्तमान टिम चेल्सीलाई स्विचरल्यान्डको एफसी बासेलले २–१ ले हरायो । यही समूहको अर्को खेलमा जर्मनीको साल्के फोरले रोमानियाको स्टियाउवा बुकुरेस्टीलाई ३–० ले हरायो । ग्रुप ‘एफ’ मा सनसनीपूर्ण नतिजा निकाल्ने क्रममा नेपोलीले गत वर्षको उपविजेता बोरुसिया डर्टमुन्डलाई २–१ ले हरायो । यसै समूहको अर्को खेलमा आर्सनलले फ्रान्सेली क्लब मार्सेलीविरुद्ध २–१ को जित दर्ता गर्‍यो । ग्रुप ‘जी’ मा रहेको स्पेनिस क्लब एथलेटिको म्याड्रिडले विजयी सुरुआत गर्ने क्रममा रसियाका जेनिथ सेन्ट पिटर्सवर्गलाई ३–१ ले हरायो । यसै समूहमा पोर्चुगलको एफसी पोर्टोले अस्ट्रिया वियनलाई १–० ले हरायो ।

प्रतिक्रिया