युरोपेली संघ नब्बे लाख युरो दिन तयार

Shankar-Koirala-n-Etcकाठमाडौं, ४ असोज । युरोपेली संघले नेपालको सामाजिक–आर्थिक विकासका लागि ९० लाख युरो नेपाललाई प्रदान गर्ने भएको छ । ब्रसेल्सबाट बिहीबार स्वदेश फर्केर्ने क्रममा विमानस्थलमा अर्थमन्त्री शंकारप्रसाद कोइरालाले त्यस्तो जाकार िदिएका हुन् ।

उनले युरोपेली संघ नेपालको सामाजिक–आर्थिक विकासका लागि सहयोग बढाउन सकारात्मक रहेको पनि बताए । उनले भने, ‘व्यापारसँग सरोकार राख्ने सरकारी तथा निजीक्षेत्रका निकायको क्षमता विकास गर्न ९० लाख युरो नेपाललाई प्रदान गर्न युरोपेली संघ सहमत भएको छ ।
संघका विकास आयुक्त एन्द्रिस पाइबाक्ससँगको भेटमा आफूले परम्परागत सहयोग शैलीलाई परिमार्जन गरी व्यापार क्षमता अभिवृद्धि गर्ने खालका योजना सञ्चालन गर्न अनुरोध गरेकोमा त्यसलाई संघले सकारात्मक रूपमा लिएकोमा उनले जोड दिए ।
‘बेल्जियम र नेपालको दौत्य सम्बन्ध स्थापनाको पाँच दशक पूरा भएको उपलक्ष्यमा नेपाललाई अन्तर्राष्ट्रिय अतिथि बनाएर नेपालको पर्यटन, व्यापार र कला कौशलको प्रवद्र्धनमा मेला सञ्चालन गरिनु आफैँमा उपलब्धिमूलक हो ।’ मन्त्री कोइरालाले भने, ‘उनीहरूले नै बनाएको नेपालसम्बन्धी वृत्तचित्र लाखौँले अवलोकन गरेबाट युरोपेली बजारमा नेपालको महत्त्व बढ्दै गएको पुष्टि हुन्छ ।’
मेलामा ४ सय अन्तर्राष्ट्रिय कम्पनीको सहभागिता रहेको जानकारी दिँदै मन्त्री कोइरालाले ‘गेष्ट अफ अनर’को मौकासँगै मेलामा नि:शुल्क प्राप्त स्थानले नेपाली वस्तुको प्रवद्र्धनमा मद्दत पुगेको बताए ।
उनले देशमा सरकारले लगानी मैत्री वातावरण बनाउँदै गएको सन्दर्भमा युरोपेली संघलगायत त्यहाँका निजीक्षेत्रलाई आश्वस्त गराउन पनि भ्रमण सफल रहेको जानकारी दिए । युरोपमा रहेका केही गैर आवासीय नेपालीले उत्साजनक सफलता हासिल गरेका सन्दर्भमा उनीहरूको सीप, ज्ञान र दक्षतालाई कसरी स्वदेशमा उपयोग गर्न सकिन्छ भनेर आफूले सरकारको सन्देश पुर्‍याएको बताए ।

प्रतिक्रिया