चुनावको मिति सार्न सक्नु पर्छ : कोइराला

Sujata-Koiralaकाठमाडौं, ३ असोज । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले निर्वाचनको मिति सरेर भए पनि नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी गराउनु पर्ने बताएकी छन् ।
राजधानीमा आज (बिहीबार) आयोजित कार्यक्रममा कोइरालाले नेकपा माओवादीलाई बाहिर राखेर चुनाव हुन नसक्ने बताईन् । ‘नेकपा माओवादीलाई बाहिर राखेर संविधान बन्दैन,’ उनले भनिन्, ‘मिति सारेर भए पनि उनीहरुलाई निर्वाचनमा ल्याउनु पर्छ ।’
उनले मुलुकलाई निकास दिन चुनावको मिति पनि सार्न तयार हुनु पर्ने बताईन् । ‘सेना परिचालन गरेर जवरजस्ती निर्वाचन गर्न खोजिए मुलुकमा रक्तपात हुन्छ,’ कोइरालाको भनाई छ ।
एमाओवादीका नेता टोपबहादुर रायमाझीले संविधानसभाको निर्वाचनमा सबै दलको सहभागिता आवश्यक रहेको बताए । उनले त्यसको सुनिश्चितताका लागि नेकपा माओवादीको माग अनुसार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने बताए ।

प्रतिक्रिया