रामलीलामा रणवीर–दीपिकाको सनसनीपूर्ण रोमान्स

Ram-Leela-Bollywudबलिउड नायक रणवीर सिंह र दीपिका पादुकोणको रोमान्सले भरिएको चलचित्र ‘रामलीला’को पहिलो ट्रेलर सार्वजनिक भएको छ । आगामी नोभेम्बर १४ देखि प्रदर्शन सार्वजनिक हुने भएको ‘रामलीला’ सेक्सपियरको कालजयी कृति ‘रोमियो एन्ड जुलियट’ को रूपान्तर बताइएको छ ।
सनसनीपूर्ण प्रेमकथामा आधारित रहेको र सञ्जय लीला भन्सालीद्वारा निर्देशित यस फिल्म रामलीलामा बलिउडको अहिलेको चर्चित जोडी रणवीर र दीपिकाको सनसनीपूर्ण अभिनय छ । भन्सालीको यसअघिको फिल्म ‘हम दिल दे चुके सनम’ ले पनि बलिउड बक्स अफिसमा धमाल मच्चाएको थियो । निकै चर्चित फिल्म हम दिल दे चुके सनममा सलमान खान, अजय देवगण र ऐश्वर्या रायबीचको त्रिकोणात्मक प्रेमकथा रहेको थियो ।
गुजरातको दुर्गम ठाउामा सुटिंग गरिएको रामलीला हेर्दा दर्शकले सलमान खान र ऐश्वर्या रायको फिल्मको झझल्को पाउनेछन् ।
चलचित्रमा रणवीरको अभियनमा गुजरातीपन झल्किन्छ । यस्तै, दीपिका पनि आक्रामक गुजराती युवतीको भूमिकामा देखिएकी छिन् । दीपिका अभिनीत चलचित्र ‘चेन्नाई एक्सप्रेस’ ले बलिउड बक्स अफिसमा आम्दानीको रेकर्ड कायम गरेको छ । सर्वाधिक सफल फिल्म चेन्नाई एक्सप्रेसपछि दीपिकाको चर्चा बलिउडमा चुलिएको छ । (एजेन्सी)

प्रतिक्रिया