राष्ट्रपतिलाई सेना परिचालनको जानकारी

rastrapatiकाठमाडौं, २ असोज । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपति डा.रामवरण यादवलाई चुनावको तयारी र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बुधबार) भएको भेटवार्तामा रेग्मीले निर्वाचनको तयारीका साथै सुरक्षा निकाय परिचालनका विषयमा जानकारी गराका हुन् । रेग्मीले चुनावमा सेना परिचालन गर्ने विषयमा निर्णय भएको समेत जानकारी गराए ।
भेटवार्ता पछि राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राष्ट्रपति र मन्त्रिपरिषद अध्यक्षबीच राष्ट्रिय सुरक्षा परिषदले गरेको निर्णयका विषयमा राष्ट्रपतिलाई जानकारी गराएको बताए । उनले भने, ‘निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र समसामयिक विषयमा राष्ट्रपतिलाई जानकारी गराउनु भयो ।’
राष्ट्रिय सुरक्षा परिषदले आगामी चुनावमा नेपाली सेना परिचालनबारे निर्णय गरेको थियो ।
नेकपा–माओवादीसँगको वार्ता विफल भए पछि सरकारले मंसिर–४ को चुनावमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया