नेकपा–माओवादी बोल्ने मात्रै हो : दाहाल

Puspakamal-Dahalसिन्धुली, २ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचन तोकिएकै समयमा हुने दोहर्‍याएका छन् ।
दाहालले देश निर्वाचनमा गई सकेकाले मंसिर–४ को चुनाव नरोकिँने बताए । ‘चुनाव कुनै पनि हालतमा रोकिँदैन,’ उनले भने, ‘देश चुनावमा होमिएको छ ।’
सिन्धुलीमा आज (बुधबार) पत्रकारसँग कुरागर्दै दाहालले मंसिर–४ मा हुने दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा–माओवादीलाई ल्याउन प्रयत्न भई रहेको बताए । नेकपा–माओवादीसँगको वार्ताका क्रममा आएका विषयमा छिट्टै सहमति हुने विश्वास व्यक्त गरे ।
‘वार्तामा उठेका विषयमा छिट्टै सहमति हुन्छ,’ उनले भने, ‘नेकपा–माओवादीलाई पनि चुनावमा ल्याउने प्रयास जारी छ ।’
निर्वाचनले परिवर्तनका पक्षधरलाई फाईदा पुग्ने बताएका अध्यक्ष दाहालले नेकपा–माओवादी निर्वाचनमा नआए उनीहरुलाई नै घाटा पुग्ने बताए । ‘नेकपा–माओवादीले बढि बोलेकाले उनीहरुले केही गर्न सक्दैनन्,’ उनले भने ।
उहाले नेकपा–माओवादीले चुनाव विथोल्न खोजे उनीहरु ईतिहाँस र जनताबाट बहिस्कार हुने चेतावनी दिए । दाहालले मंसिर–४ को निवार्चनमा आफूहरुले बहुमत ल्याउने दाबी गरे ।

प्रतिक्रिया