विष्ट जापान प्रस्थान

Mohan-Bistकाठमाडौं : फुल कन्ट्याक्ट सबमिसन आर्ट(एफएसए) केन्सिनकान करातेका मुख्य प्रशिक्षक मोहन बिस्ट २०१३ केन्सिनकान फेस्टिबल विश्व एफएसके ग्रान्डप्रिक्समा सहभागी हुन जापान प्रस्थान गरेका छन् । क्योकसुसिन करातेमार्फत खेलमा प्रवेश गरेका बिस्ट उक्त करातेका दोस्रो डान हुन् । यसअघि जापानमा सन् २००३, २००४ र २००५ मा भएको यसै प्रतियोगितामा सहभागी उनले सन् २००३ मा रजतपदक जितेका थिए । पाँच वर्षदेखि न्युयोर्कमा बस्दै आएका उनले २२ र २३ सेप्टेम्बरमा हुने प्रतियोगिताको उमेर समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
जापानको लोकप्रिय खेल चाओस म्याम्याक्सका प्रर्बतक तेकियुको हायामाले प्रतिपादन गरेको यो खेलको शाखा ३० भन्दा बढी देशमा रहेका छन् । फुल कन्ट्याक्ट कराते र स्ट्यान्डिङ सबमिसनको मिश्रित रूप केन्सिनकान कराते हो । अन्तराष्ट्रिय मार्सल आर्ट एसोसिएसनका प्रमुख प्रशिक्षक शान्तबाबु थोकरले सफलताको कामना गर्दै बिदाइ गरे । (सौस)

प्रतिक्रिया