जीप दुर्घटनामा तीन यात्रुको मृत्यू

Sindhuli Districtसिन्धुली, ३१ भदौ । सिन्धुली जिल्लामा जीप दुर्घटना हुँदा तीन जना यात्रुको मृत्यू भएको छ । दुर्घटनामा चार यात्रु घाईते भएका छन् ।
उदयपुरको घुर्मीबाट आज (सोमबार) काठमाडौं जाँदै गरेको ज १ ज १८९ नम्बरको टाटा सुमो जीप वीपी राजमार्गको दुम्जामा दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा ११ यात्रु सवार थिए ।
मृत्यू हुनेमा ओखलढुङगाका हरि थापा, नरबहादुर सार्की र रीता सार्की रहेका छन् । घाईतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रतिक्रिया