रत्नजित र सरादेवीको विजयी सुरुआत

badminton-photoकाठमाडौं, २९ भदौ । नेपाल खेलकुद महासंघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सञ्चालन भएको तस्रो लिनिङ पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा राष्ट्रिय विजेता रत्नजित तामाङले विजयी सुरुवात गरेका छन् । उनले सोर्‍हौँ स्थानका पाल्पाका वसन्त बज्राचार्यलाई २१–७, २१–१५ र आठौँ संस्थानका नेपाल प्रहरीका विष्णु कटुवाललाई २१–१६, १९–२१ र २१–१० ले पराजित गरे । त्यस्तै, दोस्रो स्थानमा रहेका एपिएफ क्लबका विकास श्रेष्ठले १७औँ स्थानमा रहेका बाँकेका इरफान अनसारीबाट वाकओभर पाए भने  पाँचाँै स्थानका एपिएफकै सहदेव खड्कालाई २३–२१ र २१–११ले हराए । तेस्रो स्थानमा रहेका साजन कृष्ण ताम्राकारले नवौँ स्थानका प्रहरीका दीपक बोहरालाई २१–१२ र २१–१२ को समान अन्तरले र नेपाल आर्मीका सुरोज महर्जनलाई २१–१२ र २१–१० ले हराए ।
चौथो स्थानका सशस्त्रका ईन्द्र महताले आफ्नै क्लबका सुदिप सेढाईलाई २१–१६ र २१–१२ले पराजित गरे भने दशौँ स्थानका नेपाल प्रहरीका सञ्जीव खड्कासँग २१–१८ १५–२१ र २७–२५ ले पराजित भए । साताँै स्थानमा रहेका एपिएफका पंकज चन्दले सहदेव खड्कालाई १५–२१, २१–१७ र २२–२० को कठिन जित निकाले । छैठौँ स्थानका आर्मीका दीपेश धामीले प्रहरीका सञ्जीव खड्कालाई २२–२० र २१–१५ ले पराजित गरे भने आठौँ स्थानका प्रहरीका विष्णु कटुवालले एघारौँ स्थानका एपिएफका विशाल प्रधानलाई २१–१७, २१–१४ ले पराजित गरे । यसैगरि १३औँ स्थानका भोजपुरका विवेक श्रेष्ठले नवाँै स्थानका प्रहरीका दीपक बोहरालई २१–११ र २१–१२ ले पराजित गरे
महिला एकलतर्फको खेलमा शीर्ष वरीयताकी  नङशलदेवी तामाङले पाँचौँ स्थानकी सेनाकै अमिता गिरीमाथि २१–१५ र २१–१४ को जित हात पारिन्  । चौथौ स्थानकी एपिएफकी शिक्षा श्रेष्ठले एपिएफकै छैटौँ स्थानकी सम्झना खालिङलाई २१–८ र २१–१४ ले पराजित गरिन् । दोस्रो स्थानकी एपिएफकी सविना पन्थीले इलामकी सुलोचना भक्तराजलाई २१–११, २१–१६ ले र तेस्रो स्थानकी सेनाकी राष्ट्रिय च्याम्पियन सरादेवी तामाङले आठौँ स्थानकी जलमाया गुरुङलाई २१–७ र २१–५ले पराजित गरे । प्रतियोगितको नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया