सिंहदरबार घेराउ गर्न खोज्ने शिक्षक पक्राउ

teacherकाठमाडौं, २० भदौ । शिक्षा आयोगको नतिजा खारेज गर्नुपर्ने मागसहित सिंहदरबार घेराउ गर्न पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले हस्तक्षेप गरेर हटाएको छ ।
सिंहदरवार अगाडि आज (बिहीबार) धर्ना दिन खोज्दा अस्थायी शिक्षकहरुलाई प्रहरीले हस्तक्षेप गरेर हटाएको हो ।
हस्तक्षेपका कारण अस्थायी शिक्षक संघर्ष समितिका सचिव नारायण गौतमलगायत केही शिक्षक घाइते भएका थिए । धर्ना दिन खोज्ने केही शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विभिन्न पेशागत माग राखेर समिति आन्दोलन गर्दै आएको छ । (फाईल तस्विर)

प्रतिक्रिया