माओवादीले बलपूर्वक विचार लादन खोज्यो

Ramchandra-Poudelभरतपुर, १० भदौ । कांग्रेसका उप–सभापति रामचन्द्र पौडेलले नेकपा–माओवादीले बलपूर्वक आफ्ना विचार लादन खोजेकाले सहमति हुन नसकेको टिप्पणी गरेका छन् ।
रिपोर्टर्स क्लव नेपाल चितवन शाखाले आज (सोमबार) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले नेकपा–माओवादी नेतृत्वको मोर्चाले चुनाव नचाहेको बताए ।
‘संविधानसभा भन्दा बाहिरबाट नयाँ संविधान बनाउने उनीहरुको कुरा तर्क संगत छैन,’ उनले भने, ‘अनावश्यक कुराले चुनाव नचाहेको प्रमाणित भएको छ ।’ उनले नेकपा–माओवादी लगायतका ३३ दल सँग वार्ताको ढोका बन्द भैनसकेकाले अन्त्य सम्ममा सहमतिमा आउने विश्वास व्यक्त गरे ।
उपसभापति पौडेलले अनावश्यक माग तेर्साएर समय बर्वाद नगर्न आग्रह समेत गरे ।

प्रतिक्रिया