चुनाव कुनै हालतमा सार्नु हुँदैन : सिंह

Prakashman-Shingकाठमाडौं, १० भदौ । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले केही राजनीतिक दल नआउँदैमा मंसिर–४ को चुनाव नरोकिने दोहर्‍याएका छन् ।
काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंह फाउण्डेशनले मंगलादेवी सिंहको १७ औं स्मृति दिवसका अवसरमा आज (सोमबार) आयोजना गरेको कार्यक्रममा महामन्त्री सिंहले निर्वाचन कसैले रोकेर नरुक्ने बताए ।
‘कसैले भन्दैमा निर्वाचन रुक्दैन,’ उनले भने, ‘निर्वाचनका लागि चैतर्फी माहोल बनेको छ ।’
आन्दोलनरत दलहरुसँग वार्ताको प्रयास जारी रहेको उनको भनाई छ । उनले भने, ‘कुनै एक दलका कारण मुलुकमा राजनीतिक अस्थिरता राख्न हुँदैन ।’
उनले आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउनु पर्ने बताए । अघिल्लो संविधान सभा निर्वाचनमा माओवादी ठूलो दल भएर पनि नयाँ संविधान बनाउन नसकेको आरोप लगाए ।
‘माओवादीले संविधान बनाउन सकेन,’ सिंहले भने, ‘अब कांग्रेसले नयाँ संविधान बनाउछ ।’
२०५३ साल भदौ–१० आजकै दिन कांग्रेस नेतृ मंगलादेवी सिंहको निधन भएको थियो । उनको १७ औं स्मृति दिवसका असरमा राजधानीमा विभिन्न कार्यक्रम भएका छन् । मंगलादेवी लौहपुरुष गणेशमान सिंहकी पत्नी हुन् ।

प्रतिक्रिया