चुनावको मिति र सरकार परिवर्तन हुँदैन: देउवा

sher-bd-deuba-ji2चितवन, १० भदौ । कांग्रेसका नेता शेरबहादुर देउवाले चुनावको मिति र खिलराज रेग्मी नेतृत्वको सरकार परिवर्तन नहुँने दोहर्‍याएका छन् ।
नेपाल प्रेस युनियन चितवन शाखाले आज (सोमबार) भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले बोल्दैमा चुनावको मिति सार्न नसकिने बताए । ‘कसैले बोल्दैमा चुनावको मिति र सरकार परिवर्तन हुँदैन,’ उनले भने ।
नेकपा–माओवादी चुनावमा नआएपनि निर्वाचन तोकिएकै समयमा हुने उनको भनाई छ । ‘निर्वाचनमा भाग नलिनेलाई के गर्ने त ?,’ उनले भने, ‘माग पुरा गरे पनि नेकपा–माओवादी चुनावमा आउने ग्यारेन्टी छैन ।’
नेकपा–माओवादी जसरी पनि चुनावमा आउने आफूले विश्वास गरेको बताए । उनले चनावमा नआए नेकपा–माओवादीको अस्तित्व नै मेटिने जिकिर गरे ।
नेता देउवाले नेकपा–माओवादी निर्वाचनमा नआएपनि चुनाव मंसिरमा भएरै छाड्ने बताए ।
कांग्रेसलाई आगामी संविधान चुनावमा पहिलो पार्टी बनाउन नेता तथा कार्यकर्ताहरुलाई वैचारिक एकताका साथ एकजुट देउवाले निर्देशन पनि दिए । ‘तपाईहरु चुनावका लागि एकभएर जुट्नुस्,’ उनको भनाई छ ।

प्रतिक्रिया