बलत्कारको अभियोगमा शाही पक्राउ

Balatkar 5बाजुरा, १० भदौ । बाजुरा जिल्लामा बालिका बलत्कार गरेको अभियोगमा २३ बर्षीय सुरजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुकोट–१ का शाहीले शुक्रबार साँग जगन्नाथ–८ की १३ बर्षीया कमला ठकुरी (नाम परिवर्तन) लाई गणैला खोलामा बलत्कार गरेको प्रहरी भनाई छ । बलत्कारका क्रममा बालिकाले प्रतिवाद गरेको आफन्तको भनाई छ ।
बलत्कार पछि बालिकाका आफन्तको उजुरीका आधारमा शाहीलाई शनिबार प्रहरी चौकी कुन्नाले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया