सहमतिको सम्भावना बाँकी छ : दाहाल

Puspakamal-Dahalकाठमाडौं, ९ भदौ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादी नेतृत्वको मोर्चासँग अझै पनि सहमतिको सम्भावना बाँकी रहेको बताएका छन् ।
काठमाडौंको थानकोटमा आज (आइतबार) आयोजित कार्यक्रममा अध्यक्ष दाहालले मोर्चालाई सहमतिमा ल्याउने प्रयासलाई निरन्तरता दिने बताए ।
‘नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा सहमतिमा आउँछ भने सहमतिको प्रयासलाई दलहरुले निरन्तरता दिने छन्,’ उनले भने ।
नयाँ संविधानका लागि एमाओवादीलाई मत दिनुपर्ने अध्यक्ष दाहालको भनाई छ । उनले विगतमा कुैन एकदलको बहुमत नआउँदा संविधान बन्न नसकेको बताए ।
यसैबीच, नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलहरुका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बताए । उनले चार दलहरुले नै वार्ता भङ्ग गरेको आरोप लगाए ।
काठमाडौंमा आजै पत्रकारसँग कुरागर्दै उनले सहमति हुन नसके आफूहरुले उम्मेद्वार दर्ता गराउन नदिने बताए । उनले भने, ‘नेपाली सेना परिचालन गरेर चुनाव गराउने सोंच निरंकुशतावादी हो ।’

प्रतिक्रिया