असन्तुष्ट दलसँगको वार्तामा अमेरिकी चासो

Peter-W.-Bodde,-U.S.-Ambassकाठमाडौं, ९ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लु बोडीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका छन् ।
अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा आज (आइतबार) भएको भेटमा राजनीतिक गतिरोध अन्त्यका लागि भईरहेका प्रयास, गोलमेच सम्मेलन गर्ने दलहरुबीचको सहमति भंगलगायतका विषयमा कुराकानी भएको हो ।
राजदूत बोडीले नेपालको पछिल्लो राजनीतिक परिस्थितिका विषयमा चासो व्यक्त गर्दै निर्वाचन तोकिएकै समयमा गराउन सुझाव दिएको दाहालको निजी सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास जारी राख्ने बताए । ‘असन्तुष्ट दल सहमतिमा नआए पनि मंसिर चार गते नै चुनाव हुन्छ,’ उनले भने ।

प्रतिक्रिया