कर्मचारी धर्ममा लागे पछि सेवाग्राही मार्कामा

ddc (1)राजविराज, ९ भदौं । कार्यालयका आधा दर्जन कर्मचारी धर्मकर्ममा लागेपछि जिल्ला विकास समिति सप्तरीको दुई फाँटका काम एक हप्तादेखि प्रभावित भएका छन् ।
कार्यालयका ५ कर्मचारी एकै पटक छुट्टी लिएर भारतको देवघरस्थित बाबाधाम गएपछि लेखा र पञ्जीकरण फाँटको काम बन्द भएको हो ।
लेखापाल शिवनन्दन यादव, सहायक लेखापाल श्याम यादव, राधेश्याम यादव र पञ्जीकरण फाँटका हरिहर चौधरीलगायतका कर्मचारी भदौं–२ गतेदेखि नै विदा लिएर बाबाधाम गएको एक कर्मचारीले जानकारी दिए । उनीहरुले विदा लिएर भारत गए देखिनै दुबै फाँटमा लागेको ताला शुक्रवारसम्म खुल्न सकेको छैन ।
कर्मचारीका कारण जिल्ला भरिको काम प्रभावित भएका छन् । कार्यालयमा स्वयम् उपस्थित भएका सेवाग्राही समेत कर्मचारी नभेटेपछि त्यसै फर्कने गरेको गुनासो बढेको छ ।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सापकोटाले लेखाफाँटको खाता हालसम्म सञ्चालन नभएको वताउँदै कर्मचारी गएर काम प्रभावित नभएको दावी गरे ।

प्रतिक्रिया