कांग्रेस–एमालेको बयान : माग पुरा हुँदैन

NC n Umlचितवन, ८ भदौं । कांग्रेस र एमालेले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले अघि सारेका पाँच बुँदे माग पुरा गर्न नसकिने बयान दिएका छन् ।
उनीहरुले मंसिर–५ गते हुन लागेको संविधानसभा निर्वाचनलाई असर पर्ने गरेर कुनैपनि सहमति गर्न नसक्ने जनाएका हुन् ।
कांग्रेस सभापति सुशील कोइरालाले ३३ दलीय मोर्चाले राखेका ५ बुँदे लिखित माग कुनै पनि हालतमा पूरा गर्न नसकिने बताए । चितवनमा आज (शनिबार) पत्रकारसँग कुरागर्दै कोइरालाले ३३ दलीय मोर्चाका अनावश्यक मागका कारण वार्ता भंग भएको बताए ।
‘३३ दलीय मोर्चालाई आन्तरिक गृहकार्यका लागि तीन दिनको समय दिएका छौं,’ उनले भने, ‘त्यसपछि सबै दलको बैठक गरेर निकास निकाल्छौं ।’
उता, काठमाडौंमा आजै आयोजित कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले पनि मंसिर–४ मा जसरी भएपनि संविधानसभाको निर्वाचन गर्नैपर्ने बताए । उनले तोकिएकै समयमा चुनाव सम्पन्न गर्नु पर्ने बताए ।
‘चुनाव सार्ने कुरा कदापि मान्न सकिँदैन,’ उनले भने, ‘मुलुकलाई निकास दिन निर्वाचनमा सबै दल आउनु पर्छ ।’

प्रतिक्रिया