समिति निर्वाचनमा / मोर्चा आन्दोलनमा

Nirbachanकाठमाडौं, ८ भदौं । उच्चस्तरीय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच ‘गोलमेच सम्मेलन’को प्रक्रियालाई लिएर विवाद भए पछि वार्ता बिनाकुनै निष्कर्ष सक्किएको छ ।
काठमाडौंमा आज (शनिबार) भएको वार्तामा ३३ दलीय मोर्चाले राखेका पाँच बुँदे मागलाई राजनीतिक समितिमा रहेका दलहरुले अस्वीकार गरिदिएका हुन् । राजनीतिक समितिमा रहेका दलहरुले मंसिर–४ गतेको निर्वाचनलाई असर पर्ने गरेर कुनैपनि वार्ता नगर्ने धारणा राखे पछि वार्ता असफल भएको नेताहरुले बताए ।
३३ दलीय मोर्चाले मंसिर–४ को निर्वाचनलाई सार्न प्रस्ताव गरे पछि समितिमा रहेका दलहरु आक्रोशित भएका थिए । उनीहरुले मोर्चाले निर्वाचन विरोधी प्रस्ताव नराख्न पनि वार्ताका क्रममा आग्रह गरेको एक नेताले जनाए ।
वार्ता पछि पत्रकारसँग कुरागर्दै एमाले अध्यक्ष झलनाथ खनालले वार्तामा कुरा नमिलेको भन्दै अब ‘गोलमेच सम्मेलन’ नहुँने बताए ।
‘चुनावलाई असर गर्ने गरी कुनै पनि वार्ता हुँदैन,’ खनालले भने, ‘तोकिएकै समयमा जसरी पनि निर्वाचन हुन्छ ।’
नेकपा–माओवादीका सचिव देव गुरुङले वार्तामा आफूहरुले राखेका मागलाई राजनीतिक समितिमा अस्वीकार गरिएको बताए । उनले भने, ‘अब हामी आन्दोलनमा जान्छौं ।’
३३ दलीय मोर्चाको ५ बुँदामा सरकार गठनबारे समीक्षा, चुनाव अघि अन्तर्वस्तुमा छलफल गोलमेच सम्मेलनमै गर्नुपर्नेलगायतका माग राखेका थिए । यस अघि मोर्चासँग गोलमेच सम्मेलनका लागि सहमति भएको थियो ।

प्रतिक्रिया