दुई माओवादीका शीर्ष नेतृत्वबीच वार्ता

काठमाडौं, ८ भदौं । एकीकृत माओवादी र नेकपा माओवादीबीच संविधानसभा निर्वाचनका विषयमा छलफल भएको छ ।
काठमाडौंको लाजिम्पाटस्थित एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज (शनिबार) भएको भेटबार्तामा निर्वाचन र गोलमेच सम्मेलनका विषयमा छलफल भएको हो । गोलमेच सम्मेलनबाट आउने निर्णय र सुझाव अनुसार अगाडि बढ्न दुबै माओवादी सहमत भएका छन् ।
उच्चस्तरीय राजनीतिक समिति र नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच गोलमेच सम्मलनमा सैद्धान्तिक सहमति भईसकेको छ । यद्यपि, सम्मेलनको प्रक्रिया र अन्य विविध विषयमा सहमति हुन सकेको छैन ।
सोही विषयमा मिलेर जाने सम्बन्धमा एमाओवादी र नेकपा माओवादीबीच परार्म भएको नेताहरुले बताएका छन् ।
बार्तामा एमाओवादी अध्यक्ष दाहालका नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया