प्रजातान्त्रिक पद्धतिमा सहभागी हुन आग्रह

काठमाडौं, ७ भदौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
राजधानीमा आज (शुक्रबार) भएको भेटबार्तामा संविधानसभा निर्वाचनका विषयमा कुराकानी भएको हो । उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका कोइरालाले अध्यक्ष बैद्यलाई निर्वाचनमा सहभागी भई प्रजातान्त्रिक पद्धतिमाआउन आग्रह गरे ।
जवाफमा अध्यक्ष बैद्यले गोलमेच सम्मेलनबाट आउने सुझाव र निर्णय अनुसार आफूहरु अघि बढ्न तयार रहेको बताए ।
बिहीबार मात्रै राजनीतिक समिति र नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच गोलमेच सम्मेलन गर्ने सैद्धान्तिक सहमति भएको थियो ।

प्रतिक्रिया