चुनावका लागि राप्रपा–नेपालको सम्मेलन

Kamal-Thapaकाठमाडौं, ७ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को राष्ट्रिय सम्मेलन भदौ दोस्रो साता राजधानीमा हुने भएको छ ।
भदौंको १० देखि १२ गते सम्म राजधानीमा सम्मेलनको कार्यक्रम राखिएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । सम्मेलनमा निर्वाचनको रणनीति, कार्यनीति, उम्मेद्वारको छनौट मापदण्डलगायतका विषयमा छलफल हुने छ ।
सम्मेलनमा पार्टीका केन्द्रीय समितिका पदाधिकारी, भातृ संगठनका केन्द्रीय अध्यक्ष, जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव तथा प्रतिनिधि गरी करीव चार सय अगुवा नेताको सहभागिता रहने श्रेष्ठले बताए ।
संवैधानिक राजसंस्था र हिन्दू राज्यमाग गर्दै आएको राप्रपा नेपालले आगामी चुनावमा आफूहरुको सिट संख्या बढ्ने अनुमान गरेको छ ।

प्रतिक्रिया