बार्सिलोना र मड्रिड बराबरीमा

मड्रिड । स्पेनिस सुपर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबारराति भएको पहिलो खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेलेको छ । एथ्लेटिको मड्रिडको मैदान भिसेन्टे काल्डेरनमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो ।

एथ्लेटिकोले डेभिड भियाको गोलमा सुरुवाती अग्रता लियो । नेयमारको गोलमा बार्सिलोनाले बराबरी गरेको हो । जारी सिजनबाट एथ्लेटिको मड्रिडसँग आबद्ध भएका भिया बार्सिलोनाका पूर्व खेलाडी हुन् ।
व्यवस्थित रुपमा सन् १९८० बाट शुरु भएको यो प्रतियोगिता अहिलेसम्म बार्सिलोनाले सर्वाधिक १० पटक जितेको छ । एथ्लेटिको मड्रिडले मात्र एक पटक यो उपाधिमा आफ्नो नाम लेखाएको छ । एजेन्सी

प्रतिक्रिया