‘गोलमेचमा सहमति’ पछि रेग्मी शीतल निवास

rastapati bhawanकाठमाडौं, ७ भदौं । राष्ट्रपति डा.रामवरण यादव र अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीबीच भेटबार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (शुक्रबार) भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको तयारीलगायतका विषयमा परामर्श भएको हो ।
भेट पछि पत्रकारसंग संक्षिप्त कुरागर्दै अध्यक्ष रेग्मीले निर्वाचनको तयारी र असन्तुष्ट दलहरुसंगको वार्ता प्रक्रियाका बारेमा राष्ट्रपतिलाई जानकारी गराएको बताए । ‘असन्तुष्ट दलहरुसंगको वार्ताका विषयमा जानकारी गराएको छु,’ उनले भने ।
संविधानसभा निर्वाचन नजिकिंदै गर्दा उच्चस्तरीय राजनीतिक समिति र नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच गोलमेच सम्मेलनमा सहमति भएको दोस्रो दिन अध्यक्ष रेग्मीले राष्ट्रपति डा.यादवसंग भेट गरेका हुन् ।

प्रतिक्रिया