काठमाडौं, ७ भदौं । अभिनेता राजेश हमालले आफ्ना बुबाको इच्छा विपरित कला क्षेत्रमा प्रवेश गरेको जनाएका छन् ।
बुबाको इच्छा विपरित कला क्षेत्रमा आउंदा परिवारबाट कुनै सहयोग नभएको उनले बताए । टेलिभिजन कार्यक्रम दिशानिर्देशमा पत्रकार विजयकुमार पाण्डेसंगको अन्तर्वाताका क्रममा हमालले आफूले जहिले पनि बुबाको माया स्मरण गर्ने गरेको स्मरण गरे ।
‘बुबाको इच्छा डक्टर, पाईलट, ईञ्जीनियर बनोस् भन्ने थियो,’ उनले भने, ‘परिवारका सबै सदस्य मलाई कला क्षेत्रमा नजाओस् भन्ने चाहन्थे ।’ कला क्षेत्रमा लागे पनि राम्रो गर्न सकेको बताएका हमालले आफ्ना उपलब्धि हेर्न नपाई बुबाको देहान्त भएको बताए ।
परराष्ट्र सेवामा कार्यरत हमालका बुबाको ६५ बर्षको उमेरमा निधन भएको हो । चार बर्षका लागि पाकिस्तानमा सरुवा भए लगत्तै उनका बुबाको एकमहिना भित्र निधन भएको थियो ।
पाकिस्तान जाने क्रममा बुबाले आफूलाई बिदाई भेट गर्ने मौका पनि नदिएको हमालको भनाई छ । ‘बुबाले मलाई बाई पनि भन्नु भएन,’ अन्तर्वाताका क्रममा हमालले भक्कानिएर भनेका छन्, ‘पाकिस्तान गए पछि सदाका लागि बुबासंग भेट गर्न पाईन ।’
‘बाल्यकालमा बुबाले मलाई गरेको मायांको स्मरण हुन्छ,’ उनले भने, ‘बुबासंग मेरा कुराहरु साट्न सकेन ।’
बुबा पाकिस्तान जांदा पनि आफ्नो भेट नभएको बताएका उनले सो विषयले झन् मन दु:ख्ने गरेको बताए । आफू कला क्षेत्रमा लागे पछि बुबासंग टाढिएको हमालको भनाई छ ।
आफ्नो पहिलो चालचित्र ‘युगदेखि युगसम्म’को पहिलो प्रिमियर शोमा पनि आफू एक्लै गएको स्मरण गरेका नायक हमालले परिवारका सबै सदस्यको चाहना कला क्षेत्रमा नजाओस् भन्ने नै रहेको उल्लेख गरे ।
प्रतिक्रिया