बार्सिलोना सात शुन्यले विजयी

Footballसेन्टियागो बर्नाबाउ । साविक विजेता बार्सिलोनाका नयाँ प्रशिक्षक टाटा मार्टिनोले स्पेनिस फुटबल लिग ला लिगामा जितबाट आफ्नो शुरुवात गरेका छन् । आफ्नै मैदान क्याँम्प नुमा लेभान्तेलाई ७  – ० ले हराएपछि बार्सिलोनाले जारी सिजनमा पनि दावेदारी प्रस्तुत गरेको हो । पछिल्लो पाँच बर्षमा बार्सिलोनाले चार पटक लिग जितेको छ ।

लेभानतेबिरुद्ध बार्सिलोनालाई जिताउन चार पटकका बर्ष खेलाडी लियोनल मेस्सीले २ गोल गरे भने पेड्रो रड्रिग्वेजले पनि दुई गोल नै थपे । एलेक्सिस सान्चेज, ड्यानी आल्भेस र जाभी एक एक गोल गर्दा लेभान्ते निरिह बनेको हो । आइतबार राति भएको अर्को खेलमा दाबेदार क्लव रियाल मड्रिडले पनि जितबाट आफ्नो शुरुवात गरेपछि नयाँ प्रशिक्षक कार्लो कन्सेलोटीको पनि ला लिगाको यात्रा सुखद बनेको छ । रियाल मड्रिडले रियाल बेटिसलाई २ – १ ले हराएको हो ।

घरेलु मैदान सेन्टियागो बर्नाबाउमा रियाल मड्रिडलाई जिताउन करिम बेन्जिमा र इस्कोले एक एक गोल गरे । रियाल बेटिसले जर्ज मोलिनाको गोलमा शुरुवाती अग्रता लिएको थियो । ला लिगाकै अन्य खेलहरुमा एटलेटिको मड्रिडले सेभियालाई ३ – १ ले तथा ग्रानाडाले ओसासुनालाई २ – १ ले निराश बनायो ।
उता, फेरि इङ्गलिस प्रिमियर लिग टोली चेल्सी सम्हाल्न पुगेका रियाल मड्रिडका पूर्व प्रशिक्षक होजे मौरिन्होले स्टामफोर्ड ब्रिजमा जितबाट आफ्नो आगमनको सन्देश दिएका छन् । आफ्नै मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले प्रिमियर लिगको नवप्रवेशी टोली हल सिटीलाई २ – ० ले पराजित गर्‍यो । मौरिन्होको चेल्सीलाई जिताउन फ्रांक लम्पार्ड र अस्करले एक एक गोल गरे ।

प्रतिक्रिया