व्यापार घाटा मुलुकको गम्भीर समस्या

काठमाडौं, २ भदौ । व्यापार घाटा ५ खर्व पुग्नुमा मुलुकका लागि गम्भीर चुनौती भएको अर्थविश्लेषकहरुले बताएका छन् ।
राजधानीमा आज (आइतबार) आयोजित कार्यक्रममा अर्थवीदहरुले निर्यातभन्दा आयात बढि भएको भन्दै व्यापार घाटा बढिरहनु मुलुकका लागि गम्भीर चुनौती रहेको बताए ।
पूर्व अर्थमन्त्री रामशरण महतले निर्यात बृद्धि गर्नुपर्ने बताए । उनले मुलुकको आर्थिक विकासका लागि निर्यात अनिर्वाय रहेको बताए ।
अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले बढिरहेको आर्थिक घाटाले सरकारसमेत चिन्तित बनेको बताए । उनले यहि क्रममा अर्थतन्त्र ओरालो लाग्ने हो भने मुलुक गम्भीर समस्यामा भासिने उल्लेख गरे ।
अर्थविद् चन्द्रमणि अधिकारीले व्यापार घाटाबारे आएको तथ्याङक अप्रत्यासित नरहेको बताए । उनले पहिले देखिनै व्यापार घाटा बढ्ने संभावना देखेर पनि न्यूनिकरणका उपाय खोज्ने प्रयास नगरेको बताए ।

प्रतिक्रिया