लेखककी स्वास्नी : प्रगति राई

Lekha-Ki-Sawasniकाठमाडौं । ‘वादी विज्ञप्ति’ कविता संग्रहबाट राम्रै प्रसंशा कमाएकी प्रगति राईले उपन्यास लेखेकी छन् ।
हाल कोरिया बस्दै आएकी उनको उपन्यास ‘लेखककी स्वास्नी’ को बिहीबार राजधानीमा सार्वजनिक गरिएको हो । कोरियाबाटै लेखिका राईले टेलिफोनमार्फत पाठकलाई ‘कृतिमा नेपाली आम महिलाको भोगाई समेटिएको बताइन् ।
कृतिमाथि अचर्ना थापा र डा.सुधा त्रिपाठीले टिप्पणी गरेका थिए । याम्बुरी बुक प्वाइन्टले उपन्यास छापेको हो । नारी दृष्टिकोणबाट नवीन बहसका लागि कृति उपयोगी हुने अपेक्षाका साथ कृति प्रकाशित गरिएको याम्बुरीका अध्यक्ष कुयाङ लामाले बताए ।

प्रतिक्रिया