कमला नदीमा बगेर सात जनाको मृत्यू

Sindhuli Districtसिन्धुली, २१ साउन । सिन्धुली जिल्लास्थित कमला नदीले बगाएर सातजनाको मृत्यू भएको छ ।
मृत्यू हुने मध्ये पाँच जनाको सनाखत भएको एमाले नेता प्रल्हाद पोखरेलले जानकारी दिए । नदीले बगाउँदा महोत्तरी जिल्ला सुगा–६ की ३८ वर्षीय गंगादेवी नुनियाँ, ४५ वर्षीय कुमिया देवी नुनियाँ, सर्लाही जिल्ला बालुलाकी ४० वर्षीय रामपरी देवीराम, भारत सीतामाढी जिल्ला बराहीका १७ बर्षीय अजय राम, भारत बिहार राज्य मधुबनी गंगोर–६ का ५० बर्षीय रामबृक्ष ठाकुरको सनाखत भएको हो । २ जनाको सनाखत हुन बाँकी छ ।
स्थानीयका अनुसार बगाएका अन्य ३ जना बेपत्ता छन् । उनीहरुको खोजीकार्य भैरहेको छ । कमलानदी आसपास ४० हजार भन्दा बढी मानिसहरु छन् ।
सिन्धुलीको हत्पतेमा रहेको मधुगंगा महादेवको दर्शन गर्न गएका तिर्थालुहरु कमला नदी तर्ने क्रममा नदीले बगाएको थियो ।
घटनाका बारे जानकारी पाउन साथ नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्दार कार्य जुटेको छ ।
नदीमा बगेका १३ जनालाई सकुशल उद्धार गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी केशव आचार्यले जानकारी दिए ।
महादेवको दर्शन गर्नका लागि गएका ५० हजार भक्तजनहरु अझै मन्दिरमै रहेका छन् ।

प्रतिक्रिया