लेखीको पार्टीले चुनावमा भाग नलिने

Rajkumar lekhiकाठमाडौं, १९ साउन । राष्ट्रिय नागरिक पार्टीले आगामी संविधानसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
हालै सम्पन्न केन्द्रीय भेलाको निर्णय आज (शनिबार) काठमाडौंमा सार्वजनिक गर्दै अध्यक्ष राजकुमार लेखीले निर्वाचनमा भाग नलिने जनाए ।
‘मंसिर ४ गते संविधानसभाको निर्वाचन गर्नैपर्छ तर राष्ट्रिय नागरिक पार्टी सहभागी बन्दैन,’ उनले भने, ‘यसको मतलब हामी चुनाव बहिष्कार गर्छौं भन्ने होइन ।’
उनले चुनावमा भाग नलिएर जनतामाझ बस्ने बताए ।

प्रतिक्रिया