आचार संहिता कार्यान्वयनमा यादवको चिन्ता

Rastapati-Bhawan-n-Officeकाठमाडौं, १६ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपति डा.रामवरण यादव र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीबीच परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बुधबार) भएको भेटमा संविधानसभा निर्वाचन र आचार संहितालगायतका विषयमा छलफल भएको हो । भेटमा राष्ट्रपति डा.यादवले निर्वाचनको विपक्षमा रहेका दलहरुलाई सहमतिमा ल्याउन गम्भीर पहल गर्न अध्यक्ष रेग्मीलाई आग्रह गरेको बुझिएको छ ।
डा.यादवले नेकपा–माओवादीलगायतका आन्दोलनमा उत्रिएका दलहरुलाई पनि निर्वाचनमा सहभागी हुने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे ।
अध्यक्ष रेग्मीले सरकार सबैको सहयोगमा निर्वाचन गराउने पक्षमा रहेको भन्दै वार्ताका लागि पत्राचारहरु भईरहेको जानकारी गराएको छन् ।
डा.यादवले अध्यक्ष रेग्मीसंग निर्वाचन आचार संहिता पूर्ण रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् । उनले नेकपा माओवादीद्धारा आचार संहिता उलंघन गरेकोमा पनि चिन्ता जनाएका छन् ।

प्रतिक्रिया