जनजाति महासंघद्वारा सिंहदरबार घेराउ

janajati maha shangकाठमाडौं, १५ असार । नेपाल आदिवासी जनजाति महासंघले सुर्खेतको काँक्रे विहार घटनालाई लिएर सिंहदरबार बाहिर धर्ना र घेराउ गरेको छ ।
काँक्रे विहारमा बुद्धको मुर्ति स्थापना गर्न पाउनु पर्ने भन्दै महासंघले आज (मंगलबार) सिंहदरबारमा धर्ना र घेराउ गरेको हो । महासंघको दुई घण्टाको अबरोधका कारण असपासको सवारी आवागमन प्रभावित भएको थियो ।
महासंघले माईतिघर मण्डला, कालिकास्थान अनामनगर, भद्रकाली पद्मोदय मोडलगायतका स्थानबाट सिंहदरबार घेराउ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया