रौतहटमा हतियार बरामद

रौतहट, ९ साउन । रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट सशस्त्र प्रहरीले एकथान हतियार बरामद गरेको छ ।
चन्द्रनिगाहपुरको कप्टान टोलमा गस्तीका क्रममा आज (बुधबार) विहान करीव दुई बजे सशस्त्र प्रहरीलाई देखेपछि हतियार फालेर केही व्यक्ति भागेको प्रहरीले जनाएको छ ।
गस्तीमा रहेको टोलीलाई देख्ना साथ मोटरसाईलमा आएका अज्ञात व्यक्ति भाग्न थाले पछि पछ्याउने क्रममा उनीहरुले नाईन एम.एम. पेस्तोल एकथान र एकराउण्ड गोली फालेर भागेको शसस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदकुमार भारतीले जानकारी दिए ।
हतियार छाडेर फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको भारतीले जनाए ।

प्रतिक्रिया